बम आक्रमणमा परी गभर्नरको मृत्यु

फराह, २६ माघ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी १ जना जिल्ला गभर्नरको मृत्यु भएको छ । खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राती हत्या भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । घटनास्थल देशको राजधानी काबुलदेखि ६ सय ९५ किलोमिटर पश्चिममा पर्दछ ।

आक्रमणको तालिवानी लडाकुहरूले जिम्मेबारी लिएका छन् । तालिवानी लडाकुहरूको आक्रमणमा परी गतवर्ष सन् २०१५ मा मात्रै देशभरी ६ सय ५० जनाको मृत्यु भएको थियो भने ५ सय ६० जना घाइते भएका थिए ।

प्रतिक्रिया