मोसुलबाट १ लाख ६१ हजारभन्दा बढी विस्थापित

संयुक्त राष्ट्रसंघ, १२ माघ । इराकको मोसुलबाट हालसम्म १ लाख ६१ हजारभन्दा धेरै व्यक्ति आन्तरिक रूपमा विस्थापित भएका छन् । मोसुलमा भइरहेको लडाइँका कारण उनीहरू विस्थापित भएका संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजर्रीकले सोमबार जानकारी दिए ।

विस्थापितहरूलाई मानतावादी संस्थाहरूले राहतस्वरूप खाना, पानी र शरीरको सफाइसम्बन्धी सामग्रीहरू वितरण गरेका छन् । विस्थापित भएका झन्डै ४ हजार ५ सय जनालाई आइतबार ती राहत सामग्रीहरू वितरण गरिएको स्टेफनले बताए ।

पछिल्लो हप्ता मात्रै पूर्वीमोसुलमा बस्दै आएका झन्डै ५६ हजार १ सय जनालाई राष्ट्रसंघका साझेदारहरूले सहयोग सामग्रीहरू बाँडेका थिए ।

इराकको सुरक्षा बलले मोसुलबाट इस्लामिक स्टेट (आइएस)लाई हटाउनका लागि कडा प्रयास गरिरहेका छन् । मोसुलको पूर्वी क्षेत्र सन् २०१४ को जुनदेखि आइएसको नियन्त्रणमा रहेको छ । मोसुल इराकको राजधानी बगदाददेखि ४ सय किलोमिटर टाढा पर्दछ ।

प्रतिक्रिया