गाम्बियाका राष्ट्रपतिद्वारा संकटकाल घोषणा

गाम्बिया,६ माघ । गाम्बियाका राष्ट्रपति याहय जम्मेहले संकटकालको घोषणा गर्नुभएको छ । उनले मंगलबार टेलिभिजनबाट सम्बोधन गर्दै संकटकालको घोषणा गरेका हुन् । विदेशी हस्तक्षेप बढेकाले संकटकाल घोषणा गर्नुपरेको उनको भनाइ छ ।

पश्चिम अफ्रिकी मुलुक गाम्बियामा विगत २२ वर्षदेखि शासन गर्दैआएका जम्मेह गत डिसेम्बरमा भएको निर्वाचमा पराजित भएपछि सत्ता छोड्नुभएको छैन । उनले मत परिणाम नस्वीकार्ने बताएको भोलिपल्ट राष्ट्रसंघीय सुरक्षा परिषद्ले सार्वभौम जनताको रोजाइलाई नस्वीकार्नु जम्मेहको गल्ती हुने टिप्पणी गरेको थियो ।

जम्मेहले निर्वाचन भएको एक सातापछि मत परिणाम नस्वीकार्ने भन्दै नयाँ निर्वाचन गर्न माग गरेका छन् । उनलाई उनका प्रतिस्पर्धी अदाम बर्रोले पराजित गरेका थिए । अहिले राष्ट्रपतिमा पराजित जम्मेहले सन् १९९४ देखि सैनिक शासकको रूपमा गाम्बियाको सत्ता सम्हालेका थिए । गाम्बिया २० लाखभन्दा कम जनसंख्या रहेको निकै सानो अफ्रिकी मुलुक हो ।

प्रतिक्रिया