ट्रम्पको शपथग्रहणमा २६ सांसदद्वारा बहिष्कार

वासिंगटन, ५ माघ । आगामी शुक्रबार सम्पन्न हुन गइरहेको ४५औँ अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी कांग्रेसका २६ सांसदले अस्वीकार गर्ने भएका छन् । अमेरिकामा २ सदनात्मक संसद्लाई राष्ट्रिय कांग्रेस भनिन्छ । तल्लो सदन (प्रतिनिधिसभा) र माथिल्लो सदन (सिनेट)समेत गरी यसको दुबै सदनमा सदस्य संख्या जम्मा ५ सय ३५ रहेको छ ।

आइतबार मात्र अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोत्र्mयाटिक पार्टीका एक सम्मानित सदस्य जोन लुइसले नवनिर्वाचित ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको चर्को आलोचना गर्दै सिंगो डेमोक्र्र्यािटक पार्टीलाई समेत तथानाम गाली गरेका थिए । यसको कडा प्रतिवाद स्वरुप २६ जना डेमोक्र्याटिक कांग्रेस सदस्यहरूले सो औपचारिक शपथ ग्रहण समारोह बहिष्कार गर्ने बताएका हुन् ।

यसैबीच, नवनिर्वाचित डोनाल्ड ट्रम्पले बेलायती र जर्मनी पत्रिकाहरूलाई अन्तर्वार्ता दिँदै बेलायतले युरोपेली संघ त्याग गर्ने बारे गरेको पूर्वनिर्णयको प्रशंसा गर्दै अन्य देशले पनि त्यसैगरी बिस्तारै युरोपेली संघ त्याग गर्दै जाने विश्वास व्यक्त गरेका थिए ।

साथै, ट्रम्पले जर्मनीकी चान्सलर एन्जेला मार्कलको ठूलो संख्याका बाहिरिया शरणार्थीलाई जर्मनीमा स्वागत गर्ने नीतिको तीव्र आलोचना गरेका थिए । उनका यस्ता अभिव्यक्ति बर्लिन र पेरिसले पटक्कै रुचाएनन् । तत्कालै प्रतिक्रिया व्यक्त गर्दैै चान्सलर मर्केलले युरोपेलीहरूको भाग्य आफ्नै हातमा रहेको बताइन् । साथै युरोपेली बलिष्ठ एकता नै ट्रम्पलाई गतिलो जवाफ हुने पनि बताइन् ।

यस अतिरिक्त, ट्रम्पले व्यक्त गरेका ब्रेक्जिटको प्रतिक्रिया स्वरुप चान्सलर मर्केल र फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलाँदले युरोप आफ्नो मूल्यमान्यताबाट निर्देशित हुने भन्दै आफ्नो मार्ग तय गर्न बाहिरिया उपदेशको आवश्यकता नरहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया