अन्तरिक्षयात्री युजिन ए.कम्र्यान रहेनन्

हाउस्टन, ५ माघ । चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री युजिन ए. कम्र्यानको ८२ वर्षको उमेरमा गतः सोमबार राती निधन भएको छ । सन् २०७२ मा संयुक्त राज्य अमेरिकाद्वारा प्रक्षेपण गरिएको अन्तरिक्ष यान (रकेट) एपोलो–१७ मा चढी वैज्ञानिक तथा अन्तरिक्षयात्री कम्र्यानले १४ डिसेम्बर १९७२ मा चन्द्रमामा पाइला टेकेका थिए ।

डुलफिर गरी धरतीमा फर्कने क्रममा चन्द्रभूमिको एक ठाउँको भूइँमा आफ्नी एक मात्र ९ वर्षीया सन्तान (पुत्री)ः टेरेसा डाउन कम्र्यानकोे नाम शव्दोच्चारण गर्दा आउने प्रथम अक्षरहरू– टिडिसी कोरेको उनले बताए ।

सन् १९३४ मा सिकागोमा जन्मिएका कम्र्यान प्रारम्भदेखि नै तीक्ष्ण बुद्धिमा थिए । उनले सन् १९५६ मा २२ वर्षको उमेरमा इन्डियानाको पर्ड्यु विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातक उपाधि प्राप्त गरेका थिए ।

चन्द्रमामा सन् १९६९ मा पाइला टेक्ने प्रथम मानव अन्तरिक्ष यात्री नील आम्सर््ट्रङ पनि सन् २०१२ मै दिवंगत भइसकेका छन् । नील आम्सर््ट्रङले पनि पर्ड्यु विश्वविद्यालकै इलेक्ट्रिकल इन्जिनियरिङ विषयका स्नातक हुन् ।

ठूलो खर्च लाग्ने तुलनामा साह्रै न्यून उपलब्धि हुनेलगायत अन्य धेरै कारणहरू देखाई अमेरिकाले चन्द्रमामा रकेट प्रक्षेपण गर्ने योजना सन् १९७२ पश्चात् स्थगित गरेपछि यस सँगसँगै अमेरिकी अन्तरिक्ष यात्रीहरूको चन्द्रयात्राको क्रममा पनि विराम लाग्यो ।

त्यसको केहीवर्ष पछिदेखि अमेरिकाले रुससँग सहकार्य गरी चन्द्रमा तथा अन्य ग्रहहरूको संयुक्त अनुसन्धान, अन्वेषण गर्दै आएको छ ।
कम्र्यान्वयनपछि अन्य कुनै अमेरिकी अन्तरिक्ष यात्रीलाई चन्द्रमामा टेक्ने अवसर नमिलेपछि उनी नै चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री मानिएका छन् ।

८२ वर्षको उमेरसम्म चन्द्रमाको अध्ययन, अनुसन्धान र यस बारे पछिपछिका दिनहरूमा के के घटना वा उपलब्धि हासिल गरिए सो मा निरन्तर रुचि भएका कम्र्यानले, आफू मात्रै चन्द्रमामा पाइला टेक्ने अन्तिम मानव नभई यो उपाधि अरू कसैले लिइदेओस भनी जीवनको अन्तिम घडीसम्म पनि गहिरो अभिलाषा राखेका कुरा उनको पारिवारिक प्रवक्ता बताउँछन् ।

वैज्ञानिक तथा अन्तरिक्ष यात्री कम्र्यानले ५ सय ६६ घन्टासम्म अन्तरिक्षमा र यस अवधिमध्ये ७३ घन्टाभन्दा बढी समयसम्म चन्द्रसतहमा व्यतित गरेको रेकर्ड कायम रहेको छ ।

उनले चन्द्रयात्राका क्रममा भोग्नुपरेका दुखःकष्ट, आर्जन गरेका अनुभव तथा अन्य धेरै रोमान्चक घटनालाई समेटी छायांकन गरिएको एउटा वृत्तचित्र (डकुमेन्टरि)ः दि लास्ट म्यान अन दि मून सन् २०१६ मा पहिलोपटक प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया