ट्रम्प र पुटिनको आइसल्याण्डमा भेट हुने

लन्डन, ३ माघ । अमेरिकी राष्ट्रपतिमा निर्वाचति डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग आपूm अमेरिकी राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेपछि आइसल्यान्डमा शिखर सम्मेलनको आयोजना गरी भेटवार्ता गर्ने योजना रहेको खुलासा सन्डे टाइम्सले गरेको छ । अमेरिकी राष्ट्रपतिको जिम्मेवारी लिएलगत्तै केही हप्ताभित्र आइसल्यान्डमा एउटा शिखर सम्मेलन गर्ने र त्यही वासिंगटन र क्रेमलिनबीचको सम्बन्ध पुनःस्थापित गर्ने विषयमा छलफल हुने योजना भएको उक्त पत्रिकाले एक बेलायती उच्च अधिकारीलाई उद्धृत गर्दै बताएको छ । अधिकारीको नाम भने पत्रिकाले सार्वजनिक गरेका छैन ।

१९८६ मा अमेििरकी र रसियाबीच शीतयुद्ध जारी रहेकै समयमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र मिखायल गोर्वाचोभको आइसल्यान्डको रेयकजाभिक भेटपछि सम्भवतः २ देशका बहालवाला शीर्ष नेताबीचको पहिलो भेटवार्ता हुनेछ । सन्डे टाइम्सले उक्त स्रोतलाई उद्धृत गर्दै भनेको, ‘मस्कोले ट्रम्प र पुटिनबीच हुने सम्मेलनबारे सहमति जनाइसकेको छ ।’

तर, आइसल्यान्डले सम्मेलनबारे आपूmलाई जानकारी नभएको बताउँदै मस्को र वासिंगटनबीचको सम्बन्ध सुधार गर्न सहयोगी भूमिका खेल्ने सम्मेलनको आयोजना गर्न भने आपूm इच्छुक रहेको जनाएको छ । आइसल्यान्डका विदेशीमन्त्री गुडलाउगर थोर थोडार्सनले भने, ‘आइसल्यान्ड सरकारले यस विषयमा आपूmलाई कुनै जानकारी पाएको छैन । यदि वासिंगटनले रेयकजाविकमा सम्मेलन गर्ने औपचारिक अनुरोध गरेमा आइसल्यान्ड सरकार सम्मेलनको आयोजना गर्न तयार रहनेछ ।’

ट्रम्पले रसियाली नेता पुटिनको प्रशंसा गर्दै आए पनि अमेरिकी गुप्तचर निकायको रसियाको निर्देशनमा अमेरिकी निर्वाचनसमयमा इमेल चुहायर निर्वाचनलाई प्रभावित पार्न खाजेको भनाइलाई अतिच्छापूर्वक स्वीकार गरेका छन् । ‘द वाल स्ट्रिट जर्नल’लाई शुक्रबार दिएको अन्तवार्तामा ट्रम्पले साइबर हमलामा दोषी भन्दै रसियामाथि अमेरिकी प्रशासनद्वारा लगाइएको नाकाबन्दी हटाउन सक्ने बताएका छन् । तर ट्रम्पले रसियालाई अमेरिकाको मुख्य आक्रमणको केन्द्र बनेको जिहादी समूहमाथिको कारवाहीमा सहयोग गर्नुपर्ने पनि अन्तवार्तामा बताएको जनाइएको छ ।

प्रतिक्रिया