अमेरिका, २ माघ । ट्रम्प प्रशासनका संभावित रक्षामन्त्री जेम्स म्याटिस र जासुसी विभागका निर्देशक माईक पोमपियोले रुसप्रति कडा टिप्पणी गरेका छन् । रुसी राष्ट्रपती भ्लादीमिर पुटिनले नेटोलाई तोड्न खोजेको र यो यथार्थलाई अमेरिकीहरूले स्वीकार्नुपर्ने बताएको बिबिसीले जनाएको छ ।
सिनेटको अनुमोदन समितिमा बोल्दै जनरल म्याटिसले दोस्रो विश्वयुद्धपछि नेटोमाथि सबैभन्दा ठूला खतरा देखापरेको भन्दै यस विषयमा समन्वयात्मक, राजनैतिक, आर्थिक, सैन्य र अन्य गठबन्धनसँग सम्बन्धित कदम चाल्दै आफ्नो रक्षा गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै माइक पोमपियोले रुस युरोपको लागि खतरा बनिरहेको बताएको बिबिसीले जनाएको छ । साइबर आक्रमणमा रुसी ह्याकरहरूको संलग्नता रहेको अमेरिकी जासुस संस्थाहरूको आंकलन ठोस प्रमाणमा आधारित भएको भन्दै पोमपियोले रुसप्रति ट्रम्प प्रशासनको स्वभावको असर जासुसी सेवामा नपर्ने पनि दाबी गरेका छन् ।
ट्रम्पले अमेरीकासँग रुसको निकट र राम्रो सम्बन्धको अपेक्षा व्यक्त गर्दै आएका बेला उनकै प्रशासनमा नियुक्त हुन लागेका म्याटिस र पोमिपियोको यस्तो धारणा आएको हो ।
प्रतिक्रिया