जाँदाजाँदै प्रजातन्त्रलाई मजबुत पार्न ओबामाको आग्रह

oboma copyसिकागो, २८ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार राष्ट्रपतिका रूपमा अन्तिम मन्तव्य दिँदै आफ्नो कार्यकाल सफल बनेको दाबी गरेका छन् । ८ वर्षसम्म अमेरिकी प्रशासनको उच्च पद सम्हालेको अनुभव साट्न आपूm राष्ट्रपति निर्वाचित भएपछि जस्तै सिकागो सहर पुगेका राष्ट्रपति ओबामाले इरानसँग गरेको आणविक सम्झौतादेखि लिएर स्वास्थ्य क्षेत्रमा आफ्नो कार्यकालमा भएको उपलब्धिको चर्चा गरे ।

राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयबाट निराश बनेका आफ्नो समर्थकका माझ उभिएर सम्पूर्ण अमेरिकीलाई न्यायमूखी नयाँ तथा चुस्त समाज निर्माणका लागि प्रजातान्त्रिक मूल्यमान्यतालाई जोगाउन संघर्ष गर्न राष्ट्रपति ओबामाले आग्रह गरे ।

हामी सबैबीच बाहिरीरूपमा भिन्नता देखिए पनि समग्रमा हामी सबै सँगै छौँ तर अन्धभक्त जातीवाद र असमानता प्रजातन्त्रका मूल्यमान्यताविरुद्ध चुनौति भएकाले सहकार्यगर्दै अघि बढ्नुपर्नेछ, राष्ट्रपति ओबामाले भने, ‘हामी एक्लै आयौँ र एक्लै जानेछौँ ।’

सन् २००८ मा राष्ट्रपतिमा निर्वाचित हुँदा जुन आशा र परिवर्तनको सन्देश लिएर वासिंगटन छिरिएको थियो त्यसलाई सम्बोधन गर्न आपूm सफल बनेको ओबामाको तर्क थियो ।

उनले मुलुकको आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्युबासँगको सम्बन्धको पुनःस्थापना र समलिंगी विवाहलाई कानुनी मान्यता दिनेलगायतका काम आफ्नो कार्यकालका प्रमुख उपलब्धि भएको उक्त अवसरमा बताए ।

‘हामी जुन पार्टीका भए पनि हामी लोकतान्त्रिक समाजको निर्माणमा जुट्नुपर्छ, ओबामाले भने । प्रजातन्त्रताका चुनौतीसँग शाक्तिको प्रयोगभन्दा अधिकार तथा बौद्धिकता र परिश्रम माथि विश्वासले नै संयुक्त राज्य अमेरिकालाई मुलुकको गम्भीर आर्थिक मन्दीको समयमा फासिवाद र निरंकुशता प्रतिको आकर्षणलाई प्रतिवाद गर्न मद्दत गरेको थियो र यही विचारले अन्य विश्व समुदायसँग मिलेर दोस्रो विश्वयुद्धपछि अघि बढ्न प्रेरणा दिएको थियो, सम्बोधनका क्रममा उनले बताए । राष्ट्रपति ओबामाले रसियाको सहयोगमा ट्रम्पलाई हवाइटहाउस पु¥याइएको भन्ने चर्चालाई संकेत गर्दै फासिवाद र निरंकुशताप्रतिको आकर्षण प्रजातन्त्रका लागि चुनौति हुनसक्ने पनि बताए ।

प्रतिक्रिया