तेहरान, २७ पुस । इरानका पूर्वराष्ट्रपति अकवर हासेमी रफसाञ्जानीको मृत्युपछि शोक मनाइरहेका लाखाँै इरानी जनता उनको अन्त्येष्ठीमा उपस्थित भई उनीप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । रफसाञ्जानीको हृदयघातका कारण आइतबार निधन भएको थियो । उनी ८२ वर्षको थिए ।
तेहरान युनिभर्सिटी परिसरमा राखिएको शव वरपर इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको नेतृत्वमा लाखाँै मानिस भेला भएका छन् । प्रार्थना सभाका अवसरमा खामेनीले आफ्नो भन्दा भिन्न विचार राख्ने सफसाञ्जानीको अन्त्येष्ठी समारोहकाबीच इरानी पूर्वराष्ट्रपतिको इरानको इस्लामिक क्रान्ति र त्यसपछिका कामको प्रशंसा गर्दै उनको निधनबाट इरानले एककर्म योद्धालाई गुमाएको बताए ।
रफसाञ्जानी इरानी राजनीतिमा क्रान्ति, धैर्य र प्रतिरोधका प्रतिक हुनुहुन्थ्यो । अन्त्येष्ठी प्रार्थनामा सर्वोच्च नेता खामेनीलाई राष्ट्रपति हसन रुहानी, इरानी संसद्का सभामुख अलिलारिजानी र उनका भाइ तथा न्यायापालिका प्रमुख आयोतोल्लाह सादेग लारिजानीलगायत उच्चपदस्थ अधिकारले सघाएका छन् ।
प्रार्थनापछि पूर्वराष्ट्रपति रफसाञ्जानीको शवलाई सन् १९७९ इरानी क्रान्तिका शीर्षस्थ नेता आयोतोल्लाह रुहोल्लाह खोमेनीको शव राखिएकै शवकक्षमा अन्त्येष्ठी गरिनेछ । उहाँको निधनपछि शोकमग्न बनेको इरानमा सरकारले ३ दिन राष्ट्रिय शोक र बिदाकोसमेत घोषणा गरेको छ ।
सन् १९३४ मा जन्मेका रफसाञ्जानी इरानका प्रभावशाली राजनीतिज्ञ, धार्मिक विद्धान, र इरानका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह मुसाभी खोमेनीका विश्वास पात्र थिए ।
सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका रफ्साञ्जानीले सन् १९७९ को इरानी क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने जीवनको उत्तराद्र्धमा उनलाई अनुदार कट्टरपन्थीहरूका लागि चुनौतीपूर्ण व्यक्तित्वका रूपमा लिइने गरिन्थ्यो ।
प्रतिक्रिया