इन्डोेनेसियामा शक्तिशाली भूकम्प

indonesia-earthqueck-copyबेइजिङ, २७ पुस । इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ ।

सिइएनसीका अनुसार बिहीबार बिहानै गएको भूकम्प ७ दशमलव २ म्याग्निच्युडको भएको र भूकम्पको केन्द्रविन्दु ४ दशमलव ५३ डिग्री उत्तरी अक्षांश र १२२ दशमलव ६९ पूर्वी देशान्तर (इन्डानेसिया) मा परेको थियो । तर, अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) विभागले भने उक्त भूकम्पीय कम्पन ६ दशमलव ९ म्याग्निच्युडको भएको जनाएको छ ।

भूकम्पबाट भएको क्षतिबारे समाचार मंगलबार समाचार तयार पार्दासम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन । भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन ।

प्रतिक्रिया