राष्ट्रपतिको रूपमा ओबामाले मंगलबार अन्तिम मन्तव्य दिने

barack-obama-016-copyवासिंगटन, २७ पुस । अमेरिकी राष्ट्रपतिले आफ्नो पदीय हैसियतमा गर्ने नियमित कामलाई मंगलबारदेखि बन्द गर्ने भएका छन् ।

उनले ८ वर्ष पहिले राष्ट्रपतिमा नियुक्त भएपछि आपूm हुर्केको सिकागो सहरमा पुगेर राष्ट्रपतिको पदीय जिम्मेवारी सम्हाल्ने घोषणा गरेजस्तै शैलीमा आफ्नो कार्यकालबाट बिदा लिन लागेको कुरालाई आफ्ना समर्थकमाझ सार्वजनिकरूपमा घोषणा गर्नेछन् ।

राष्ट्रपति ओबामा विशेष विमानमार्फत सिकागोमा गई डोनाल्ड ट्रम्पको ‘अनपेक्षित’ विजयबाट निराश बनेका अफ्रिकी मुलका अमेरिकीसहित सम्पूर्ण समर्थक एवं प्रशंसकलाई सम्बोधन गर्दै उनीहरूको मनोबल उच्च पार्ने पनि बताइएको छ ।

राष्ट्रपति ओबामालाई सिकागो सहरमा जाने यात्रालाई उनकी जीवनसंगिनी मिसेल ओबामा, उपराष्ट्रपति जो विडेन र विडेनकी पत्नी जील विडेनलगायतले साथ दिनेछन् ।

प्रतिक्रिया