सडक दुर्घटनामा बीस जनाको मृत्यु

मेक्सिको, २६ पुस । हैटीको उत्तरी क्षेत्रको पहाडी क्षेत्रमा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको हैटीको सुरक्षाकर्मीलाई उद्धृत गर्दै पेरुको राज्य सञ्चालित न्यूज एजेन्सी आँदिनाले जनाएको छ ।

घटनामा दर्जनौँ मानिस घाइते भएका दर्जनौँ यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएकोे छ । मन्ट लाक्रिटी भन्ने उच्च पहाडी क्षेत्रमा भएको उक्त घटनाका घाइते भएकामध्ये केहीको स्वास्थ्य स्थिति गम्भीर भएको आँदिनाले अस्पताल स्रोतलाई उद्धृत गरी जानकारी गराएको छ । एक ट्रकले सोही दिशाबाट चलिरहेको यात्रुबाहक बसलाई ठक्कर दिएपछि बसमा यात्रा गरिरहेका अधिकांश यात्रु घाइते भएका बताइएको छ ।

प्रतिक्रिया