इरानी पूर्व राष्ट्रपति रफ्साञ्जानीको निधन

iran-copyइरान, २६ पुस । इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको हृदयाघातका कारण आइतबार निधन भएको छ । उनी ८२ वर्षका थिए । उनलाई हृदयघात भएपछि आइतबार तेहरानस्थित स्थानीय एक अस्पताल भर्ना गरिएको थियो तर उनलाई बचाउन गरिएको उपचार प्रयासले सफलता पाउन सकेन । आइतबारै उनलाई मृत घोषण गरियो । यसैबीच इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीले आफ्ना पुराना मित्र तथा इरानका पूर्व राष्ट्रपति रफ्साञ्जानीको आकस्मिक निधन भएको भन्दै उनको मृत्युको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् । खामेनीले १९७९ को इस्लामिक क्रान्तिमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै मुलुकले एक कर्मयोद्धालाई गुमाएको बताए ।

इरानी राष्ट्रपति हसन रुहानीले पनि पूर्वराष्ट्रपति रफ्साञ्जानीको निधनप्रति शोक सन्देश जारी गर्दै मुलुकले एक इमान्दार, राष्ट्रप्रेमी एवम् कर्मठ व्यक्तिलाई गुमाएको बताए । राष्ट्रपति रुहानीले उनलाई क्रान्ति, धैर्य र प्रतिरोधका प्रतिक भनेका छन् । उनको निधनप्रति रुहानी प्रशासनले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सन् १९३४ मा जन्मेका रफ्साञ्जानी इरानका प्रभावशाली राजनीतिज्ञ, धार्मिक विद्धान, र इरानका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह मुसाभी खोमेनीका विश्वासपात्र रहेका थिए । सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका रफ्साञ्जानीले सन् १९७९ को इरानी क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने जीवनको उत्तराद्र्धमा उनलाई अनुदार कट्टरपन्थीहरुका लागि चुनौतीपूर्ण व्यक्तित्वका रुपमा लिइने गरिन्थ्यो ।

प्रतिक्रिया