भूटानी राजपरिवारमा ८ सय २४ वर्षपछि पुनर्जन्म

janm-300x261दिल्ली, २१ पुस । भुटानी राजपरिवारमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । भुटानी महारानीका दोर्जे वाङचुककी छोरीपट्टिका ३ वर्षीय नातीले आफूले पुनर्जन्म लिएको बताएका छन् । ट्रयुक वाङचुक नाम गरेका ३ वर्षीया बालकले ८ सय २४ वर्ष अघि आफू भारतको नालान्दा विश्वविद्यालयमा शिक्षाविद् रहेको बताएका छन् ।

उनले आफूले नालान्दा विश्वविद्यालयमा अध्ययन गरेको र त्यहाँको अवस्थाको बारेमा बताएपछि २०१७ को जनवरी १ तारिखमा उनकी हजुरआमा दोर्जे वाङचुक उनलाई लिएर नालान्दा विश्वविदालय पुगेकी थिइन् । ट्रयुकले नालान्दा विश्वविद्यालय भ्रमणका क्रममा आफूले अध्ययन गरेका स्थलको पहिचान गरेकोसमेत भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । ती ३ वर्षका बालकले परिवारमा आफूले नालान्दा विश्वविद्यालयको हरेक कुरा चिन्ने दाबी गरेपछि परिवारले उनलाई विश्वविद्यालय घुमाउन लगेको थियो ।

उनले त्यहाँ आपूmले अध्ययन गरेको कक्षाकोठाको समेत पहिचान गरेको बताइएको छ । भुटानी महारानीले एक भिडियोमा आफ्नो नाती नालान्दा विश्वविद्यालयमा पहिलोपटक आएको बताउँदै आफ्नो लागि यो एक विशेष दिन भएको बताएकी छन् ।

उनले आफ्नो नातीको रूपमा नालान्दा विश्वविद्यालयका शिक्षाविद्ले पुनर्जन्म लिएको बताउँदै विश्वकै चर्चित यो विश्वविद्यालयमा आएर आफ्नो नातीले खण्डहरहरू पहिचान गरेको बताएकी छिन् । आफ्नो नातीले विश्वविद्यालयको हरेक बाटो, आपूmले खाना खाने गरेको स्थल सबै पहिचान गरेको उनले बताएकी छिन् । भुटानकी महारानीकी छोरी सोनम वाङचुकका छोराका रूपमा जन्मिएका ट्रयुक वाङचुकले भर्खर ३ वर्षमा पाइला टेकेका छन् ।

बालकले आफू ८ सय २४ वर्ष अघि नालान्दा विश्वविद्यालयको वेरोचना नाम गरेको शिक्षाविद् भएको बताएका छन् । यतिबेला यो खबर भारतीय टेलिभिजन च्यानलहरूमा यो खबर हट केक बनेको छ ।

प्रतिक्रिया