जेलबाट १ सय ५८ कैदी फरार

फिलिपिन्स, २१ पुस । फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन सहरको जेलमा बुधबार आक्रमण गरी १ अज्ञात समूहले जेलका १ सय ५८ कैदीलाई भगाएको फिलिपिनी अधिकारीले बताएका छन् । सरकारी अधिकारीले घटनामा फिलिपिन्सको इस्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध रहेको मुसलमान विद्रोहीको हात रहेको हुनसक्ने बताइएको छ ।

राती १ बजेको समयमा करिब सयजना सशस्त्र लडाकूले जेलमा एक्कासि आक्रमण गरेपछि २ घन्टासम्म गोली हानाहान चलेको र केही कैदी विद्रोहीसहित १ सय ५८ जना अन्य कैदीलाई उनीहरूले भगाएको जेल प्रशासनले जनाएको छ । विद्रोहीले आफ्ना लडाकूलाई रिहा गर्न आक्रमण गरेको हुनसक्ने भएपनि यसबारे अनुसन्धान जारी रहेकोे जेल प्रमुख पिटर जोन बोङ्गटलाई उद्धृत गर्दै एबिस–सिबिएन टेलिभिजनले जनाएको छ ।

जेलमा १ हजार ५ सय ११ जना कैदी रहेकोमा बाँकी कैदी भने भाग्न अस्वीकार गरेका थिए । घटनामा १ जना जेलका गार्ड र ६ जना विद्रोहीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया