पोर्चुगलका राष्ट्रपति भारत आउने

नयाँ दिल्ली, ७ पुस । पोर्चुगाली प्रधानमन्त्री एन्टोनीयो कोस्टाले आगामी जनवरीमा भारतको भ्रमण गर्ने भएका छन् । उनको भ्रंमण द्विपक्षीय सम्बन्ध बढाउने हेतुले हुन लागेको भारत विदेश मामिला मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

प्रधानमन्त्री एन्टोनियो कोस्टाले आगामी जनवरी ६ बाट १२ सम्म भारतको औपचारिक भ्रमण गर्न लागेका छन् । उनी आफ्ना समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा सो भ्रमणमा आउन लाग्नु भएको विदेश मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

सो भ्रमणको क्रममा कैयौ सम्भाmैतामा हस्ताक्षर हुने अनुमान गरिएको छ । यसबाट दुई देशबीचको सम्बन्ध अझ अघि बढ्नेसमेत अनुमान गरिएको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री कोस्टा लिस्बोनमा जन्मिएका र उनी भारतीय मूलको नै हुन् । उनका बाबु आर्लान्डो दा कोस्टा पश्चिम भारतीय राज्य गोवाबाट पोर्चगल पुगेका थिए । गोवा पहिले पोर्चगाली कोलोनी थियो ।

प्रतिक्रिया