सोलोमोन द्वीपमा शक्तिशाली भूकम्प

वेलिंगटन, ६ पुस । मंगलबार सोलोमोन द्विपनजिकै शक्तिशाली भूकम्प गएको छ । दक्षिणी प्रशान्त महासागरीय क्षेत्रमा गएको यस शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी र मानवीय र सपत्तीको क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त भएको छैन ।

सो भूकम्प ६ दशमलव ७ म्याग्निच्युडको मापन गरिएको र गत डिसेम्बर ९ गएको ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशालीे भूकम्पको यो पराकम्प भएको बताइएको छ । गत डिसेम्बर ९ गएको भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको सयौँ घरहरू क्षति र ध्वस्त भएका थिए । यस भूकम्पपछि दर्जनौँ पराकम्पहरू आएका थिए ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार मंगलबार गएको भूकम्पको् केन्द्रविन्दु किराकिराबाट ८० किलोमिटर उत्तरपश्चिम र सोलोमोन द्वीप राजधानी होनियाराबाट १ सय ६० किलोमिटर दक्षिणपूर्वमा ३५ किलोमिटर
गहिराईमा रहेको छ ।

प्रतिक्रिया