राष्ट्रपतिद्वारा निर्वाचन परिणाम अस्वीकार

गाम्बिया, २६ मंसिर । गाम्बियाका राष्ट्रपति याह्या जम्मेहले गत डिसेम्बर १ का दिन भएको निर्वाचनको मतपरिणाम नस्वीकार्ने बताएका छन् । उनले निर्वाचन भएको एकहप्तापछि शुक्रबार मत परिणाम नस्वीकार्ने बताउँदै नयाँ निर्वाचन गर्न माग गरेका हुन् ।

सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले चुनावका क्रममा अनियमितता भएकाले निर्वाचनको परिणाम स्वीकार्न नसकिने स्पष्ट पारेका छन् । ‘मैले स्वतन्त्र निर्वाचन आयोगप्रति पूर्णविश्वास गरेको र इमान्दार छ भन्ने ठानेको थिएँ, तर त्यस्तो भएन, निर्वाचनका क्रममा केही गलत र पक्षपातपूर्ण काम भएको छ, उनले वक्तव्यमा भने ।

राष्ट्रपति जम्मेहरूले जोड दिँदै भने, ‘म फेरि दोहो¥याएर भन्न चाहन्छु, अहिले जे भएको छ, त्यसको आधारमा म मतपरिणाम स्वीकार गर्न सक्दिनँ, यहाँ स्वीकार्नेै नसिकने गल्ती भएको छ ।’ उनले यस निर्वाचनलाई देशको इतिहासमै सबैभन्दा शंकास्पद निर्वाचनको संज्ञा दिँदै आफ्ना प्रतिस्पर्धीले भन्दा धेरै भोट आपूmले ल्याएको दावी गरेका छन् ।

अफ्रिका महादेशको सबैभन्दा सानो २० लाखभन्दा कम जनसंख्या भएको देश गाम्बियामा २२ वर्ष अघिदेखि जम्मेहले सत्ताको नेतृत्व गर्दै आएको थियो ।

प्रतिक्रिया