मिस एन्ड मिसेस आइडल सम्पन्न

mis-missधादिङ, २१ मंसिर । २० प्रतिस्पर्धीहरूलाई उछिन्दै पहिलो मिस धादिङ आइडल–२०१६ को उपाधि प्रकृति राना मगरले जितेकी छन् । साथै सबटाइटल अन्तर्गत बेस्ट हेयरको उपाधि पनि प्रकृतिले आफ्नो पोल्टामै पारेकी छन् ।

निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिँदै प्रकृतिले उपाधी जितेकी हुन् । यस्तै आइडलमा फस्ट रनरअफको ताज प्रमिला भट्टले जितिन् । त्यसैगरी क्रमशः सेकेन्ड रनरअफ इसु तामाङ, थर्ड रनरअप कोपिला राना मगर र फोर्थ रनरअप आशा तामाङले बाजी मारेका छन् ।

एमाजोन इन्टरटेन्मेन्टले पहिलो चोटी आयोजना गरेको प्रतियोगितामा विजेता प्रकृति राना मगरलाई ताजसँगै क्यास प्राइज १० हजार, गिफ्ट ह्याम्पर, स्थानीय विभिन्न प्रोडक्टहरूमा ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएसँगै अन्य धेरै प्राइजहरू आयोजकले प्रदान गरेको छ । त्यस्तै फस्ट रनरअप, सेकेन्ड रनरअप, थर्ड रनरअप र फोर्थ रनरअप विजेताहरूलाई ताजसँगै विभिन्न गिफ्टह्याम्परहरू प्रदान गरिएको छ ।

आइडलको सबटाइटलमा क्रमशः बेस्ट ट्यालेन्ट उपाधि आशा गुरुङ, बेस्ट क्याटवाल्क बिना तामाङ, बेस्ट पर्सनालिटी पेमा तामाङ, बेस्ट फोटोजेनिक ममता गुरुङ, बेस्ट स्माइल मनिका गुरुङ, बेस्ट डिसिप्लेन दीपा थापा, मोस्ट चार्मिङ बिनिता गुरुङ, मोस्ट पपुलर मोनिका थापा, मोस्ट इनोसेन्ट करुणा मिजर, बेस्ट स्किन अन्जु थापा, मोस्ट इन्टेलिजेन्ट इसु तामाङ, मोस्ट स्मार्ट संगीता नेपाल, मोस्ट एक्टिभ हसिना खान, मोस्ट स्टाइलिस सपना गुरुङ, मोस्ट पंचुअल प्रदेश श्रेष्ठ, बेस्ट कम्प्लेक्सन प्रमिला भट्ट, मोस्ट कन्फिडेन्ट कोपिला थापा मगर, मोस्ट बब्ली राधा गुरुङ, मोस्ट ब्युटिफुल जेबिना लाहानी, मोस्ट एटाक्टिभ सुस्मा श्रेष्ठ र बोस्ट फ्रेन्डसिप मोनिका थापाले सबटाइटलअन्र्तगत जितेका छन् ।

त्यस्तै मिसेस धादिङ आइडल २०१६ को ताज सावित्री श्रेष्ठले आफ्नो शिरमा पार्न सफल भएकी छन् । १२ जना प्रतियोगीहरूलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन् । विजेता सावित्रीलाई ताजसँगै क्यास प्राइज १० हजार, गिफ्ट ह्याम्पर तथा अन्य धेरै प्राइजहरू आयोजकले प्रदान गरेको छ । त्यस्तै प्रतियोगितामा फस्ट रनरअप रत्ना बस्नेत, सेकेन्ड रनरअप कल्पना गुरुङ, थर्ड रनरअप भगवती गुरुङ र फोर्थ रनरअप सानु तामाङ भइन् ।

कार्यक्रमको सबटाइटलमा क्रमशः बेस्ट ट्यालेन्ट मर्खा तामाङ, बेस्ट फोटोजेनिक दीपा थापा, बेस्ट क्याटवाक सुजाता अधिकारी, बेस्ट पर्सनालिटी कल्पना गुरुङ, बेस्ट डिसिप्लेन हरिकला गुरुङ, मोस्ट चार्मिङ सबिना गुरुङ, मोस्ट पपुलर रत्ना बस्नेत, मोस्ट इन्टेलिजेन्ट सानु तामाङ, बेस्ट स्किन प्रमिला गुरुङ, बेस्ट हेयर सावित्री श्रेष्ठ, मोस्ट एक्टिभ राधिका गंगाल, बेस्ट स्माइल भगवती गुरुङ र बेस्ट कम्प्लेक्सन अन्जु भुजेलले सबटाइटलअन्तर्गत जितेका छन् ।

प्रतियोगितामा चर्चित कोरियोग्राफर कला सुुब्बा, चर्चित अभिनेत्री सञ्चिता लुइँटेल, मिसेस मंगोल ०१६ का विजेता सोनम राई, अभिनेतार राज कटुवाल र दिव्य दर्शन टेलिभिजनका कार्यकारी निर्देशक दीपक कोइराला निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगीहरूलाई कोरियोग्राफ एमाजोन इन्टरटेन्मेन्टका अफिसियल कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् ।

प्रतिक्रिया