अलग अभियानले सम्झियो

alag-abhiyan-copyकाठमाडौं, २०मंसिर । अलग आर्ट हबले नारायण गोपाललाई स्मरण गर्दै एक कार्यक्रमको आयोजना गरेको छ । नारायण गोपालको २६औँ स्मृति दिवसको अवसर पारेर अलग अभियानले विभिन्न कलाकारहरूको उपस्थितिमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा कलाकारहरू आभा मुकारुङ, मण्डल साम्पाङ, हेमन्त चेम्जोङ, झुमा निरौला, कुवेर नेपाली, शिव काफ्ले, रेवत राई, सुनिता थेगिम, बबिना किराती, कर्ण लामा, शरद ढुंगेल, नाकिमा नाकिम, सुरज चन्द्र घिसिङ, सञ्जय लोप्चन, रजिन राई, मिङ्मा तामाङ, सम्भु लिम्बु, अपिक्षा राई, प्रेम मगर, सुरस्मा लामिछाने, प्रमिला लामा, बासुदेव पुलामी, सुनिता राई, दिलबहादुर राई, अरुणा लामा, विक्रम योन्जन, सजना चाम्लिङलगायतले नारायण गोपालद्वारा स्वर÷संगीतबद्ध गीतहरू प्रस्तुत गर्दा वाद्यवादनमा मण्डल साम्पाङ, भीमसेना राई, पावल थुलुङ, राजेश राई, यम कुमार समालले साथ दिएका थिए ।

सुरज चन्द्र लामाले नारायण गोपालको सांगीतिक जीवनको परिचर्चा गर्दै कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया