बिहेका लागि केकी तयार

keki-adhikari-720x371-copyकाठमाडौं, १७ मंसिर । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै नायिका केकी अधिकारीले राम्रो उचाइ पाइन् । बक्स अफिसमा सफलता हासिल गर्न नसके पनि केकी अहिलेकी व्यस्त नायिका हुन् ।

केकीको लागि ज्यान पनि दिन धेरै युवाहरू तयार होलान् । तर, केकीले बिहे कहिले गर्छिन् उनलाई नै थाहा छैन । बिहेको विषयमा केकीले रमाइलो जवाफ दिने गरेका छन् ।

केही समय अगाडि केकीले कुरा गर्दै आफूलाई १ जना युवा मन परेको पनि बताएका थिइन् । केकीको प्रेम चर्चा गसिप बजारमा खासै आएको पनि पाइँदैन ।

बिहेका लागि तयार हुनुहुन्न भन्ने प्रश्नमा केकीले रमाइलो जवाफ दिइन्, ‘म त तयार छु नी, तर के गर्नु मसँग बिहे गर्ने मान्छे नै तयार छैन । बिहेका लागि मान्छे नै भेटेको छैन ।’

अहिले मंसिरमा महिना चलिरहेको छ । बिहेको यो महिनामा केकीसँग बिहे गर्न कुन यूवा तयार होलान् त, प्रतिक्षा गरौँ ।

प्रतिक्रिया