‘क्लिन तुलसीपुर’ अभियानमा कोमल वली

kolmal-oli-copyदाङ, १५ मंसिर । ‘क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर’को १५औँ हप्ताको सरसफाई अभियानमा कोमल वलीले वरपीपलका बोटमुनि फोहर थुप्रिएको देखेपछि पाप लाग्ने बताएकी छन् । ‘सधैँ पानी चढाउनुपर्ने स्थानमा फोहर फाल्ने व्यापारीलाई पाप लाग्छ’ उनले भनिन्, । सधैँ मुनाफा मात्रै नहेर्न र धर्म पनि कमाउन आग्रह गरेकी थिइन् । बसपार्क जाने बाटोमुनिको वरपीपलमा फोहर थुप्रिएको देखेपछि उनले वर र पीपल विष्णु भगवान्को अवतार भएकोले त्यसको मुनि फोहर थुपार्नेहरूलाई पाप लाग्ने र किरा पर्ने बताएकी थिइन् ।

उनले भनिन्, ‘बिहान साँझ जल चार्नुपर्ने स्थानमा फोहर थुपार्नेहरूको कहिलै भलो हुनेछैन त्यसैले आफूले उत्पादन गरेको फोहर आफैँ व्यस्थापन गरौँ ।’ त्यसक्रममा उनले बस रोकेर चालक र यात्रुहरूलाई समेत उक्त कुरा अनुरोध गरेकी थिइन् । गाडी चालकलाई रोकेर उनले भनेकी थिइन् ‘गुरुजी तपाईं आफू गुट्खा, सुर्तीजन्य वस्तु वा चुरोट, चुइगम खाएर जथाभावी झ्यालबाट फोहर नफाल्नूस् र यात्रुहरूलाई पनि त्यो कुरा सम्झाउनूस् ।’

उनले पसले तथा घर धनीलाई समेत घर अगाडि र पसलको आसपासमा जथाभावी फोहर नगर्न आग्रह गरिन् । तुलसीपुर नगरपालिकाकाले जथाभावी फोहर गर्नेहरूलाई आर्थिक जरिवानासमेत गर्दै आएको छ । अभियानको ४ महिनाअघि सरकारका पूर्वमुख्यसचिव एवं बागमती सरसफाईअभियानका अभियन्ता लीलामणि पौडेलले गरेका थिए ।

प्रतिक्रिया