काठमाडौं, १२ मंसिर । कुनै समय अंग प्रदर्शन गरेर हिट हुने प्रयासमा लागेकी महिमा सिलवालले नयाँ बन्दै गरेको चलचित्र ब्वाइफ्रेन्डमा भने सर्वसाधरण लुक्समा रहने जनाएकी छन् । ‘अब मलाई पहिलाकै जस्तो देख्न पाउनुहुने छैन’, अभिनेत्री महिमा सिल्वालले भनेकी छन् ।
अहिले हुने प्राय सार्वजनिक समारोहमा उनको उपस्थिति हेर्ने हो भने सिलवालको ड्रेसअपहरू एकदमै परिवर्तन भएको छ । उनले केही समय यस्तो विचार राख्दा संचार क्षेत्रमा अपत्यारीलो कुरा हो भन्ने धेरैलाई लागेको थियो । गर्मी होस् या जाडो सधै हट परिहनमा देखिने अभिनेत्री सिलवाल केही दिन अगाडि राजधानीमा आयोजित चलचित्र ‘ब्वाइफ्रेन्ड’को शुभमुर्हत समारोहमा कुल पहिरनमा देखिएकी थिइन् ।
अंग प्रदर्शन गरेर चलचित्र क्षेत्रमा चर्चामा रहने महिमा अहिले थाकेकी हुन् वा साँच्चिकै सुध्रिएकी हुन् । त्यो आगामी दिनमा उनले गर्ने क्रियाकलापले देखाउने छ । ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’लगायत १ दर्जन चलचित्रमा अभिनय गरेकी उनले ब्यवसाहिक सफलता चाख्न पाएकी छैनन् । त्यसैले पनि उनी अब जुन पायो त्यो चलचित्र नगर्ने सुरुमा छिन् । ‘अबका दिनमा कथा, विषयबस्तु हेरेर सब्य चलचित्र मात्र अभिनय गर्छु,’ उनले भनिन्, ‘चर्चा पुग्यो अब सफलता चाख्न चाहन्छु ।’
प्रतिक्रिया