आफ्नै नातिनि भित्रयाउने हजुरबा

young-and-youngवासिंगटन । अमेरिकामा किसिम किसिमका कुराहरु हुन्छन् । नाता आफन्तबिच लामो समय नजिकमा नबस्दा सम्बनधहरु समेत अनौठो र सुन्दै अचम्म लाग्ने किसिमका पनि हुन्छन् ।

भर्खरै अमेरिकामा त्यसते एक अनौठो विवाहको घटना सार्वजनिक भएको छ । जसमा हजुरबासँगले आफ्नै छोराको छोरीसँग बिहे गरेको तथ्य सार्वजनिक भएको छ । जस अन्तरगत एक युवतीले अन्जानमा आफ्नै हजुरबा सँग विवहा गर्न पुगेकी हुन् । आफ्नै हजुरबा रहेको कुरा उनलाई केवल ३ महिनापछि मात्र थाहा भयो । अमेरिकी महिला फ्लोरिडाकी २४ वर्षीया ती युवती झण्डै दुई वर्षदेखि एक ६८ वर्षीय करोडपतिसँग लिभइन रिलेसनमा थिइन् । केही महिना पहिले ती दुइको बिहे भयो ।

बिहे भएको ३ महिनापछि एक दिन लोग्नेले ती युवतीलाई फोटो एल्बम देखाएछन् । पूराना फोटाहरु संग्रहित एल्बम हेर्न पाउँदा युवती पनि मख्ख भइन् । जसमा ती वृद्धको पहिलो श्रीमती र उनीबाट जन्मिएका बच्चाहरुको समेत तस्वीर थिए । पहिलो श्रीमतीसँग ती वृद्धको डिभोर्स भएको थियो ।

एल्बम हेर्दै जाँदा युवतीको आँखा एउटा फोटोमा अडियो । जसमा उसको पतिसँगै एक व्यक्ति थियो । युवतीले त्यो व्यक्ति को हो भनेर सोधिन् । वृद्धले ऊ चाहीँ आफ्नो ठूलो छोरा रहेको कुरा बतायो । त्यसपछि युवती छाँगाबाट खसेझैँ भइन् । किनकी जो व्यक्तिलाई वृद्धले आफ्ना ठूलो छोरा भनिरहेका थिए त्यो व्यक्ति ती युवतीको बुवा थिए ।

त्यसपछि बल्ल थाहा भयो की दुइ वर्षदेखि लिभइन रिलेसनमा रहेर ३ महिनाअघि बिहे गरेका ती युवती र वृद्ध त हजुरबा र नातिनी रहेछन् । युवतीले आफ्नो हजुरबा अर्थात् लोग्नेसँग आफ्नो सम्पूर्ण विगतको कथा भनिन् । उनका अनुसार हाइस्कुलमा पढ्दा एक युवकसँग प्रेम भएर गर्भवती भएसँगै उनका बुवाले उनलाई घरबाट निकालेका रहेछन् । बुवाले घरबाट निकालिदिएसँगै उनी आफ्नो बच्चासँगै ज्याक्सनभिलेमा एक्लै बस्दै आएकी रहेछिन् । आफ्ना तथा बच्चाको खर्च चलाउनका लागि एक क्लबमा डान्सरको काम गर्ने गर्दथिन् ।

आफ्नै नातिनीसँग गरेको विवाह ती वृद्धको तेश्रो बिहे रहेछ । उनको दोश्रो बिहे सन् २००९ मा आर्थिक समस्याका कारण टुटेको रहेछ । तर एकदिन लोटरी परेपछि उनी करोडपति बनेछन् एकाएक । अहिले ती वृद्ध र युवतीले एकअर्कालाई चिनिसकेका छन् र आफुहरु साख्खै नातिनी बाजे रहेको पत्ता पाइसकेका छन् । तर नातिनी हजुरबाको त्यो पवित्र सम्बन्ध थाहा हुँदा हुँदैपनि उनीहरु आफ्नो बिहे तोड्न चाहँदैनन् । अब लोग्ने स्वास्नीकै नातामा जिवन बिताउने निधोमा पुगिसकेका छन् ।

प्रतिक्रिया