करिश्माको सुन्दरतामा मोहित जीवन

jiwan-and-karismaकाठमाडौं, १६ असोज । नायक जीवन लुईंटेल केही दिनअगाडि काठमाडौंमा आयोजित फेसन शोमा नायिका करिश्मा मानन्धरको हात समात्दै स्टेजमा पुगे । सो स्टपरको रुपमा ¥याम्पमा करिश्मासँग पुगेका जीवन निकै खुशी देखिए । नायक जीवन लुईंटेलले नेपालका चर्चित नायिकासँग काम गरिसकेका छन् । निरुता सिंह, रेखा थापा, सञ्चिता लुईटेलदेखि नीता ढुंगानासँग जीवनले पर्दामा जोडी बाँधिसकेका छन् ।

तर, जीवन अब नायिका करिश्मा मानन्धरसँग काम गर्न चाहन्छन् । जीवनले एक भेटमा भने, ‘करिश्मासँग काम गर्ने मेरो सपना छ । उमेर जतिसुकै होस्, मलाई त्यसले फरक पार्दैन ।’ जीवनले करिश्माको सुन्दरता, उनको पपुलारिटीका कारण आफू मोहित भएको बताए । जीवन भन्छन्, ‘पर्दामा म करिश्माको जोडीको रुपमा देखिन चाहन्छु ।’ स्टेजमा एकसाथ करिश्माको हात समात्दै सो स्टपर बनेपछि जीवन झनै उनीप्रति आकर्षित छन् ।

प्रतिक्रिया