भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री : ‘चीनसँग असमझदारी हुँदैन’

k|wfgdGqL bfxfn– ;nfdL  ck{0f ef/tsf] /fhsLo e|d0f ;DkGg u/L :jb]z kms{g' ePsf k|wfgdGqL k'iksdn bfxfnnfO{ cfOtaf/ lqe'jg cGt/f{li6«o ljdfg:yndf g]kfnL ;]gfn] ;nfdL  ck{0f ub}{ . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग भएको सहमतिले चीनको सम्बन्धलाई असर नगर्ने दाबी गरेका छन् । भारतको ४ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले नेपालले सन्तुलित नीति लिएकाले चीनसँगको सम्बन्धमा असर नपर्ने दाबी गरे ।

‘भारत भ्रमणमा भएका सम्झौता र सहकार्यले अर्को छिमेकी मुलुक चीनलाई असर गर्ने अवस्था छैन,’ उनले थपे, ‘भारतसँगको सम्बन्धको आफ्नै आयाम छ, हामी सन्तुलित नीतिका साथ अघि बढेको अवस्थामा चीनसँगको सम्बन्धमा असर पर्दैन ।’ दाहालले २ देशका विषयमा मात्र नभएर भारत भ्रमण क्षेत्रीय विकासमा केन्द्रीय भएकाले चीनसँगको सम्बन्धमा कुनै असर नपर्ने समेत प्रष्ट पारे । भारत भ्रमणका क्रममा भएका छलफलमा भारत र नेपाल पक्षले व्यापार, पारवहन र विकास निर्माणमा मुद्दामा प्राथमिकता दिएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले ४ दिनको भ्रमणले २ देशको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । ‘भारत भ्रमणले २ देशको सम्बन्धमा आएको तिक्ततालाई मेटाएर थप सुदृढ बनाएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘अन्तर्राष्ट्रिय मञ्चमा एउटै मत बनाएर जाने सहमतिले सम्बन्धलाई थप उचाइमा पु¥याएको छ ।’

दाहालले संविधानप्रति भारत सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्तापछि जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तीमा भने भारतले अझै पनि संविधानप्रति असहमति व्यक्त गर्दै सबैलाई मान्य हुने गरी संविधान संशोधन हुने आशय व्यक्त गरेको थियो । तर, दाहालले भने, ‘भारतले नेपालको संविधानप्रति सकारात्मक धारणा राखेको पाएँ ।’ उनले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसी मोर्चाको माग सम्बोधनका लागि छिट्टै संशोधनको प्रस्ताव संसदमा लगिने पनि बताए ।

उनले भारत भ्रमणका क्रममा हुलाकी राजमार्गको काम तत्काल अघि बढाउने, कास्कीमा पोलिटेक्किल स्थापना गर्ने, हेटौँडामा विद्युत् सबस्टेसन बनाउने, विभिन्न समयमा भएका ऊर्जा सम्झौतालाई अघि बढाउने, पञ्चेश्वर जलविद्युत् आयोजनाको डिपिआर अघि बढाउने, व्यापार घाटा कम गर्ने तथा निर्यात बढाउनेलगायत विषयमा सहमति भएको समेत बताए । अहिले भएका सम्झौताहरूलाई सन् २०१६ मा हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकबाट कार्यान्वयमा लगिने सहमति भएको दाहालको भनाइ छ ।

कालो टीका लगाए : ओली
KP_Oli copyएमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबाट प्रधानमन्त्री पुष्पकमल दाहालले कालो टीका लगाएर आएको आरोप लगाएका छन् ।

पार्टीको प्रदेश नं ४ स्तरीय पहिलो बैठकको उद्घाटनपछि पोखरामा ओलीले भने, ‘दाहाल कलंकको कालो टीका लगाएर भारत भ्रमणबाट फर्किएका छन्, भारतमा भएका सहमति हामीलाई स्वीकार्य हुन सक्दैनन् ।’

‘दाहालले गरेका सम्झौताको भारी बोक्न नेपाल तयार छैन’, ओलीले भने, ‘त्यो नेपालले मान्दैन ।’ माओवादीले हतियार बोकेर युद्ध गरेको तर्फ लक्षित गर्दै ओलीले भने, ‘उहाँले हत्या हिंसा पनि बोक्नुभयो, आतंक बोक्नुभयो, विदेशी हतियार पनि बोक्नुभयो, विदेशमा गएर के के बोकेर आउनुभएको छ तर हामीलाई त्यो स्वीकार्य छैन ।’

एमालेले अस्वीकार गरेको कुरा पूरै नेपालले अस्वीकार गर्ने बताएर दाहाल फर्किएको आरोप ओलीको छ । उनले दाहाल दिल्लीमा निहुरिँदा निहुरिँदै उनको घुँडाबाट रगत आएको भन्दै व्यंग्य गरे । प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच उपक्षेत्रीय सहकार्यका लागि सहमति जनाउँदै दुवै सरकारले यसको अनुसन्धान गर्ने र विशेषगरी व्यापार, पारवहन, कनेक्टिभिटी र ऊर्जाका सम्बन्धलगायत २५ बुँदे सहमति गरेको प्रति ओलीले आपत्ति जनाए ।

राणा प्रधानमन्त्री मोहनशमशेरले पनि गर्न नसकेको काम गरेर दाहाल फर्केको आरोप ओलीले लगाए । ‘नेपाल सरकार र भारतीय दूतावास मिलेर काम गर्ने भनेर नेपाल सरकारलाई दूतावाससँग दाजियो’, उनले भने, ‘मलाई धेरै थाहा छैन तर उहाँ निधारभरि कलंकको कालो टीका लगाएर प्रधानमन्त्री दाहाल फर्कनुभएको छ ।’

प्रतिक्रिया