प्रीतिलाई स्वर्ण

काठमाडौं । नेपालकी प्रीति वाइबाले तेस्रो इन्डो–नेपाल कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् । नेपाल गोजुकाइ कराते डो संघद्वारा आयोजित प्रतियोगिताको महिला ३५ केजी फाइनलमा प्रीतिले नेपालकै मेघा लिम्बूलाई पराजित गरिन् । नेपालका अस्मिता योगी र सिमरन सिंह संयुक्त रुपमा तेस्रो भए ।

बालुवाटारस्थित चिल्ड्रेन मोडेल स्कुलमा भएको प्रतियोगिताको पुरुष २५ केजीमा नेपालका सुवास लामा, दिवसजंग थापा, येङडेन शेर्पा र प्रतीक पौडेल सेमिफाइनलमा पुगे । ३० केजीमा नेपालका प्रतीक श्रेष्ठ, अनमोल लामा, प्रदीप महत र विज्ञान लामा सेमिफाइनलमा पुगे । ३५ केजीमा नेपालका थोप्टेन जिमी लामा, कविन बुढाथोकी, सजिव श्रेष्ठ र जोनिश श्रेष्ठले सेमिफाइनल यात्रा तय गरे । (सौस)

प्रतिक्रिया