इन्डो–नेपाल कराते शनिबारदेखि

काठमाडौं । नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा तेस्रो इन्डो–नेपाल कराते च्याम्पियनसिप शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा नेपालका २ सय १ र भारतका २५ गरी २ सय २६ खेलाडीको सहभागिता रहने आयोजक संघका महासचिव एवं प्रतियोगिता संयोजक इन्द्रबहादुर शाहीले जनाएका छन् । पुरुषमा ९ र महिलामा ८ गरी जम्मा १७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रचारप्रसार संयोजक अच्युतराज उप्रेतीले जानकारी गराए ।

२ दिने प्रतियोगिताका खेलहरू बालुवाटरस्थित चिल्ड्रेन मोडेल स्कुलमा हुने छ । गत दुवै संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।(सौस)

प्रतिक्रिया