२ कृतिलाई ‘उत्तमशान्ति’ पुरस्कार

2 kritikarकाठमाडौं, ८ जेठ । ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठीले वितरण गर्दै आएको ‘उत्तमशान्ति’ पुरस्कार यसवर्ष २ छुट्टाछट्टै कृतिलाई प्रदान गरिने भएको छ । भूकम्पका कारण गतवर्ष रोकिएको पुरस्कारसहित यो वर्ष २ वटा पुरस्कार एकै साथ वितरण गर्न लागिएको हो ।

आख्यानबाहेक निबन्ध, यात्रासंस्मरण, जीवनी, आत्मकथा, अन्तर्वार्तालगायत गद्य विधाका लागि प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘उत्तमशान्ति पुरस्कार’ सरुभक्तको संस्मरणात्मक निबन्ध ‘बांगाटिंगा धर्साहरू’ र रामप्रसाद पन्तको ‘अविरल यात्रा’लाई दिइने भएको छ ।

‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ०४४ सालदेखि दिइँदै आएको सो पुरस्कारबाट सरुभक्तको ‘बांगाटिंगा धर्साहरू’ ०७१ का लागि पुरस्कृत भएको हो भने र पन्तको ‘अविरल यात्रा’लाई ०७२ का लागि दिइएको हो । लेखकद्वयलाई जेठ १२ गते एक समारोहकाबीच ३५, हजार १ धनराशिसहित ताम्रपत्रले सम्मान गरिने आयोजकले जानएको छ ।

गुठीद्वारा जारी प्रेस विज्ञप्तीमा बांगाटिंगा धर्साहरूबाट विभिन्न साहित्यिक, समयुगीन प्रसंग र सन्दर्भलाई उत्कृष्ट, रोचक र प्रयोगपूर्ण नव कलात्मक सौन्दर्यसिद्धि प्रदान गरेवापत पुरस्कृत गरिएको जनाइएको छ । त्यस्तै, राष्ट्रिय जीवनका सांस्कृतिक, सामाजिक र भौगोलिक पक्षका विविध आयाम र तिनका सुक्ष्म विशेषताहरू अविरल यात्रामार्फत् प्रस्तुत भएकाले कृतिलाई पुरस्कार दिइएको लेखिएको छ ।

प्रतिक्रिया