हङकङ क्लब र नेपाली टिमबीच रग्वीको मैत्रीपूर्ण

काठमाडौँ । नेपाली राष्ट्रिय रग्बी टोली र हङकङको रग्बी क्लबबीच मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाल रग्बी संघको आयोजनमा आगामी शनिबार दशरथ रंगशालामा हङकङ रग्बी क्लबसँग मैत्रीपूर्ण खेल हुन लागेको हो ।

पुरुषतर्फ फुल कन्ट्याक्ट र महिलामा सेभेन ए साइड मैत्रीपूर्ण खेल हुनेछन् । सोही दिन उमेर समूहका महिला तथा पुरुष खेलाडीहरूलाई प्रशिक्षण दिइने नेपाल रग्बी संघले जनाएको छ । मैत्रीपूर्ण खेलका लागि हङकङ रग्बी क्लबका २५ खेलाडी तथा अफिसियलहरू नेपाल आउनेछन् । नेपालमा रग्बी खेल्न आउने हङकङको क्लब पहिलो अन्तर्राष्ट्रिय टोली हो । नेपालमा यसअघि कुनै पनि अन्तर्राष्ट्रिय टिम रग्बी खेल्न आएका छैनन् । (सौस)

प्रतिक्रिया