युट्युबमा ‘बिर्सुं भन्छु तिम्रो याद’ (भिडियो सहित)

birsu van6u copyकाठमाडौं । पछिल्लोसमय गीतसंगीतका व्यस्त गीतकार तथा संगीतकार राजकुमार बगरको शब्द तथा संगीत र अमृत भन्डारीको आवाजमा ‘बिर्सुं भन्छु तिम्रो याद’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोलाई युट्युबबाट पनि सार्वजनिक गरिएको छ ।

भिडियोमा रुपा कँडेल र पारस भट्टराईलाई फिचरिङ गरिएको छ । रुपाले थुप्रै भिडियोमा काम गरिसकेकी छन् भने पारसको यो डेब्यु म्युजिक भिडियो हो ।

भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सञ्चारकर्मी प्रकाश धिताल(प्रिया स्मृति)ले यो भिडियोलाई निर्देशन गरेका हुन् । सुपारी म्युजिकले यो भिडियोको बजार व्यवस्थापन गरेको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया