लालीगुराँस र स्किब्सको जित

lali gurash r skibs ko jit copyकाठमाडौं, २७ वैशाख । लालीगुराँस र स्किब्सले प्रथम बिएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

लालीगुराँसले नेपाल मोडेललाई ३२–२७ ले पराजित ग¥यो । लालीगुराँसको जितमा देवकुमार तामाङले १२ अंक योगदान गरे । स्किब्सले आयोजक बसुन्धारा नेपाल एकेडेमी (बिएनए) ‘बी’ लाई १७–१० ले हरायो । विजयी टिमका लागि सञ्जयले १४ अंक जोडे ।

जुनियर ब्वाइजकै अन्य खेलमा एन्जल्स हार्ट र गोल्डेन पिक विजयी भए ।
एन्जल्स हार्टले हिमालयनलाई ३३–२६ ले पन्छायो । एन्जल्स हार्टका शैलेशले १२ अंकबटुले । पेम्बा शेर्पाको ४ अंक सहयोगमा गोल्डेनपिकले ज्ञान सिन्दुलाई १०–८ ले निराश पा¥यो ।

प्रतिक्रिया