ब्लड बैंक नहुँदा रगतको अभाव, एक पोका रगत जुटाउन धौ–धौ

birimeबाजुरा, २७ वैशाख । बाजुरामा ब्लड बैंक नहुँदा हरेक दिन जिल्ला अस्पतालमा बिरामी सास्ती खेपिरहेका छन् । रगत  नपाए सुत्केरीलाई बचाउन सक्ने उपाय समेत नरहेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।

जिल्ला आटीचौर–८ घर भएकी दीर्घा चँदारा सुत्केरी भएको ६ दिनसम्म लगातार भएको रक्तश्रावले थला परेकी छन् । ३० वर्षीया दीर्घा चँदारालाई आफन्तले सदरमुकाम मार्तडी पु¥याए । अस्पताल पुग्दा श्वास मात्रै बाँकी रहेकी उनको हेमोग्लोबिनको मात्रा १ दशमलव ५ मात्रै रहेको रिपोर्ट हेरेपछि उपचारमा संलग्न डा.राजन न्यौपाने अत्तालिंदै रगतका लागि भौँतारिन थालेका थिए । उनले भने, ‘रगतका लागि रातभर भौतारिएँ । तर केही उपाय लागेन, ।’

बिरामीका आफन्त, अस्पतालमा रहेका अन्य बिरामीका कुरुवाहरुलाई रक्तदानका लागि रातभर हारगुहार गरे । तर कोही पनि रगत दिन तयार भएनन् । बिरामीलाई बचाउन नसक्ने भन्दै आपूmले निराश भएर रात गुजारेको डा.न्यौपानेले बताए । सुत्केरीलाई ‘ए पोजेटिभ’ रगत आवश्यक थियो । रक्तदान गर्दा शरीर कमजोर भइन्छ भन्ने भ्रम भएकाले बिरामीकै आफन्तहरु समेत रक्तदान गर्न चाहँदैनन् ।

बिरामीलाई बचाउन न्यूनतम १० पोका रगत आवश्यक थियो, तर डाक्टरले एक पोका रगतसमेत जुटाउन सकेका थिएनन् । बाजुरामा ब्लड बैंक छैन । रक्तदाता खोजेर प्रेस ब्लड बिरामीलाई ट्रान्सफर गर्नुको विकल्प बाजुरामा छैन । रातभरि रगतकै खोजीमा अनिदो बसेका डा.न्यौपानेले सोमबार बिहानैदेखि जिल्ला स्वास्थ्य कार्यालयकै कर्मचारीहरुलाई रक्तदानका लागि उत्प्रेरित गरे । तथ्यांक फाँटका मानबहादुर हमाल रगत दिन तयार भए । त्यत्तिले पुग्ने अवस्था थिएन । कम्तिीमा ९ जना अरु रक्तदाता आवश्यकता थियो ।

सोमबार बिहानैदेखि थप रक्तदाता जुटाउन प्रयत्न जारी राखे । जिल्ला प्रहरी कार्यालयका प्रमुख दलबहादुर बोगटीलाई अनुरोध गरे । प्रहरीमा समेत जवानहरु नभेटिएपछि डीएसपी बोगटी आफै रगत दिन तयार भए । उनी अस्पताल पुगेर सुत्केरीलाई रगत दिए । रगत थपिँदै गएपछि बिरामीलाई बचाउन सक्न आशा पानि बढ्दै गयो ।

प्रतिक्रिया