२१औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडीलाई ६ पदक

international karate ma nepal lae padakकाठमाडौं, २२ वैशाख । अमेरिकामा भएको २१औँ रक्की माउन्टेन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले पदक हात पारेका छन् । कोलोराडोको लइजभिलमा भएको नेपाली मुलका ४ खेलाडीले २ स्वर्णसहित कुल ६ पदक हात पारे । न्युयोर्कको रहेको कराते स्कुल इन्टरनेसनल मार्सलआर्ट एसोसिएसनबाट प्रतिस्पर्धा गरेका पर्खि राई र फुन्छोक टासी ह्याल्मोले कातातर्फ स्वर्ण हात पारे ।

ह्याल्मोले कुमुतेतर्फ पनि रजत जितेका थिए । राईले ३५ वर्षभन्दा माथिको एडभान्स डिभिजनको व्यक्तिगत काता र ह्याल्मोले यू–११ को नोभिस डिभिजनअन्तर्गत व्यक्तिगत कातातर्फ स्वर्ण हात पारेका थिए । कुमुतेतर्फ नेभिन लामाले र रोशन प्रधानले रजतपदक हात पारेको कराते प्रशिक्षक शान्त थोकरले विज्ञप्तीमार्फत जनाइन् । करिब ४ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन हुने गर्दछ ।

प्रतिक्रिया