अन्तर्राष्ट्रिय कराते हुने अर्को महिना

काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुसीको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता जेठ ६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा १३ गरी जम्मा १८ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख एवं प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जनाएका छन् ।

प्रतियोगितामा नेपालसहित ६ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहनेछ । नेपालबाट सर्वाधिक ४ सय तथा पाकिस्तानबाट सबैभन्दा कम १० खेलाडीले भाग लिनेछन् । त्यस्तै भारतले ३ सय, बंगलादेश र श्रीलंकाले १५–१५ तथा भुटानले १३ खेलाडी सहभागी गराउने संयोजक ओझाले जानकारी गराए । ३ दिने प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख ५७ हजार रुपैयाँ खर्च हुने बताइएको छ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । गत संस्करणको उपाधि नेपालले जितेको थियो । (सौस)

प्रतिक्रिया