राखेपको गैरजिम्मवारीपूर्ण कार्यले समस्या भयो ः प्याकुरेल

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)बाट निलम्बित नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समितिले राष्ट्रिय खेलकुद परिषद्(राखेप)का कारण क्यान शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेपको गलत प्रवृत्तिले गर्दा नेपाली क्रिकेटमा समस्या आइपरेको जनाएको छ । पत्रकार सम्मेलनमा महासचिव अशोकनाथ प्याकुरेलले आफूहरूले क्यानको अस्तित्व जोगाउन लामो समयदेखि प्रयास गरे पनि असफल भएको बताए ।

राखेपले ठोस प्रस्ताव आफूहरू सहकार्यका लागि तयार रहेको भन्दै उनले तर सहमतिको नाममा विधि विपरीत कुनै काम नगर्ने बताए । उनीहरूले राखेपले अविभावकीय भूमिका निर्वाह गर्न नसक्दा समस्या आएको बताए । क्यानका तत्कालीन अध्यक्ष टंक आङ्बुहाङ र महासचिव उत्तम कर्माचार्यलगायतका पदाधिकारी तथा राखेपको असहमतिका बीच क्यानले निर्वाचन गर्दै चतुरबहादुर चन्दलाई अध्यक्ष चुनेको थियो । दुईपक्षको झगडाले चरम रूप लिँदै गएपछि आइसिसीले केही दिन अघि क्यानलाई नै निलम्बन गरेको थियो । (सौस)

प्रतिक्रिया