सशक्त प्रतिपक्षको भूमिका निभाउछौँ : सभापति देउवा

Eff/t e|d0faf6 kms{g] qmddf lqe'jg cGt/f{li6«o ljdfg:yndf kqsf/x? ;+u cGtlq{mof ub}{ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf . tl:a/M k|bLk/fh jGt,/f;;

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले अझ सक्रिय र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस अहिले सरकार गिराउने र बनाउने चलखेलमा नलागेको स्पष्ट पारे ।

सभापति देउवाले लोकतन्त्रमा सशक्त प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेसले प्रतिपक्षमै रहेर जनताका पक्षमा आवाज उठाइरहने उल्लेख गरे । ‘भूकम्पपछिको पुनर्निर्माण र भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउने बारेमा संसद्मा जोडदारसँग कुरा उठाउने देउवाले बताए । पत्नी आरजु राणा देउवाको उपचारका लागि यही ६ वैशाखमा भारत प्रस्थान गरेका सभापति देउवा बुधबार स्वदेश फर्किए पनि श्रीमती राणा भने दिल्लीमै उपचारार्थ छन् । श्रीमतीको उपचारका लागि गएका बेला आफ्नो पनि नाकको उपचार गरेको सभापति देउवाले जानकारी दिए । भारतमा रहँदा उनले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए । (सौस)

प्रतिक्रिया