नेपथ्यले ल्यायो ‘नराम्रो सपना देखेथेँ’

nepathya bandaकाठमाडौं, १३ वैशाख । नेपालमा नाम चलेको ब्यान्ड मध्येको नेपथ्य ब्यान्डले हालै भूकम्प पीडितहरूलाई सर्मपण गरेर म्युजिक भिडियो सार्वजनिक गरेको छ । गतवर्ष १२ वैशाखमा भुइँचालो जाँदा अस्ट्रेलियाको सांगीतिक यात्रामा रहेको नेपथ्यले नेपाल फर्किएपछि तयार पारेको यो भिडियोको गीत भने पुरानै रहेको छ ।

करिब ८ वर्ष अगाडि नेपथ्यले गाएको गीत ‘नराम्रो सपना देखेथेँ’ बोलको गीतलाई पुनर्उत्पादन गरेर नयाँ फुटेजहरूलाई राखिएको छ । ०७२ वैशाखमा आफ्नो सांगीतिक प्रस्तुति दिन अस्ट्रेलिया पुगेका यात्राको अन्तिम प्रस्तुतिअन्तर्गत भोलिपल्ट नै मेलबोर्नको टाउनहलमा टोली मञ्चमा उभिनुपरेको स्मरण गर्दै नेपाल फिरेपछि यस्तो भिडियो निर्माण गरेको व्यान्डले जनाएको छ । तत्काल नचिताएको परिस्थिति आइपरेपछि शोकमग्न आयोजक र कलाकारहरू ‘अब के गर्ने ?’ भन्ने द्विविधामा परेका उनीहरूले तत्काल जसरी पनि कार्यक्रम गर्ने निर्णय गरेर कार्यक्रम सम्पन्न गरेका थिए ।

फर्किने बेलामा नेपथ्यलाई उसका टोकियो र दुबईमा पूवनिर्धारित अर्का २ कार्यक्रम गर्ने वा नगर्ने भन्ने विषयमा दोमन थियो । आयोजकहरूसँगको छलफलपछि ती २ कार्यक्रम पनि गर्ने तर दुवै कार्यक्रम भूकम्पबारे जनचेतना र राहतमा समर्पित गरिने तय भयो । नेपालमा भुइँ हल्लिरहेको बेला हाम्रो मन त्योभन्दा पनि दोब्बर रफ्तारमा हल्लिरहेका थिए,’ टोलीका अगुवा एवं गायक अमृत गुरुङले स्मरण गरे । ‘त्यो रात मैले सुतेको बेलामा पनि ०५८ सालताका रेकर्ड गरेको गीत मेरो दिमागमा बजिरहेको थियो ।’

‘टोकियो र दुबई दुवै स्थानमा हामीले यसै गीतबाट कन्सर्टको थालनी गरेका थियौँ जसलाई प्रस्तुत गरिरहँदा पृष्ठ भागमा देखाउनका निम्ति भूकम्पका तस्बिरहरू जम्मा पारिएको थियो,’ गायक गुरुङ भन्छन्, ‘त्यो गीत र दृश्यहरू चलिरहेका बेला दर्शक दीर्घामा रसाएका आँखा हेर्दै गाइरहनु मेरा निम्ति कम्ती गाह्रो थिएन । तै पनि कार्यक्रमलाई अघि बढाउनुपर्ने बाध्यता थियो ।’

ती दुवै कार्यक्रम सकेर फर्किएपछि त्यसका दृश्यहरू काठमाडौंकै सिर्जनशील तन्नेरी जमात ‘कथाहरू’ ले हेरे । उनीहरूले भुइँचालो आउनुभन्दा अगाडि र त्यसपछिका उपत्यकाका सम्पदाहरूको अवस्थालाई लिएर तिनै दृश्यमा आधारित एउटा भिडियो तयार पार्ने सोच बनाए । विशेष गरेर दुबईमा आयोजित कन्सर्टका दृश्यहरू प्रयोग भए र अन्य केही जगेडा फुटेजहरू पनि प्रयोग गरियो । ‘यो प्रक्रियाबाट झन्डै १२ वर्षअघि रेकर्ड गरेको एउटा गीत पुनःपरिभाषित हुन गइरहेको थियो, नेपथ्यलाई प्रस्तुत गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसरी तयार भएको यो भिडियो विनाशकारी महाभूकम्पको स्मृतिमा एउटा चिनोको रूप लिनसक्छ भन्ने हामीलाइ लाग्यो ।’

‘यो भिडियो तयारीका निम्ति संलग्न हुनपाउँदा गौरव महसुस भएको छ,’ कथाहरूका शशांक श्रेष्ठ भन्छन्, ‘पुरानै गीत भए पनि यसमा काम गरिरहँदा मलाई यो भूकम्पको व्यथा भोगिसकेपछि तयार भएको अनुभूति भएको थियो ।’ यो भिडियोलाई महाभूकम्पको ठीक १ वर्ष पुगिरहेको क्षण त्यसैको स्मृतिमा सर्वसाधारणका निम्ति नेपथ्यको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । चलचित्रको एक्सन पाटो र संवादलाई ट्रेलरमा रुचाइएको छ । हेरौँ, सुरज आफैँले महँगो पारिश्रमिक लिएको र आफू व्यावसायिक कलाकार भएको भनेर दाबी गरिएको चलचित्रले कस्तो व्यापार गर्ने हो ? आखिर, चलचित्र र यससँग आवद्ध सम्पूर्ण टिमको सफलता र असफलता बक्स अफिसमा नै टिकेको हुन्छ ।

प्रतिक्रिया