हवाई आक्रमणमा १० तालिवान मारिए

कुन्दुज, १३ वैशाख । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सुरक्षाकर्मीको कारबाहीका क्रममा १० जना तालिवान लडाकू मारिएको समाचार छ । उक्त प्रान्तको आर्ची जिल्लामा आश्रय बनाएर लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी सोमबार गरिएको हवाई आक्रमणमा ती तालिवान मारिएका हुन् ।

अफगानिस्तानको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । त्यस क्रममा अरू केही घाइते पनि भएका सो विज्ञप्तिमा उल्लेख गरिएको छ । आर्ची जिल्लाको दसत ई इलाकामा यसअघि पनि गतहप्ता मात्र तालिवान लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको आक्रमणमा परी १ दर्जनभन्दा बढी तालिवान मारिएका थिए ।

एकहप्ता अघिबाट नै प्रहरी कारबाही जारिरहेको यस आर्ची जिल्लामा सोमबार पनि हवाई आक्रमण गरिएको जनाइएको छ । यसैबीच, पूर्वी अफगान प्रान्त नान्गाहारमा आइतबार अमेरिकासँग आवद्ध संयुक्तबलले गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) का २ जना आतंककारी मारिएको एक सैनिक विज्ञप्तिमा सोमबार जानकारी दिएको छ ।

सो संयुक्तबलले आचिन प्रान्तमा आइएस लडाकूको आखडालाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा २ आतंककारी मारिएको अफगान विशेषबलद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी शनिबार अफगानिस्तानको राजधानी काबुलमा जारी विशेष कारबाहीमा परी २ तालिवान आतंककारी पक्राउ परेका जनाइएको छ ।

प्रतिक्रिया