इयुद्वारा ११ अर्ब ६८ करोडको सहयोग

euकाठमाडौं, १२ वैशाख । युरोपेली संघ (इयु)ले भूकम्पपछिको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि नेपाललाई ११ अर्ब ६८ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

इयुले सरकारलाई ११ अर्ब ९ करोड ५० लाख ‘बजेटरी’ सहयोग तथा ५९ करोड प्राविधिक सहयोग गर्नेसम्बन्धी सम्झौतामा आइतबार नै हस्ताक्षर भयो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि इयुको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङ र मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सो सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन गत वर्ष यहाँ भएको अन्तर्राष्ट्रिय सम्मेलनमा इयुले उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

प्राविधिक सहायताअन्तर्गत उपलब्ध हुने रकम सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र जवाफदेहिता सुदृढ गर्न उपयोग गरिनेछ । सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी काम आगामी ७ वर्षसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया