काठमाडौं, १२ वैशाख । ‘क्याराभान’का नायक थिन्ले लुन्डुप लामाको डोल्पा फोक्सुन्डो गाविसको छेप्कामा घोडाबाट लडेर आइतबार मृत्यु भएको खबर प्राप्त भएको छ । उनी बिहान दुनैबाट घर साल्दाङतर्फ हिँडेका भए पनि बाटोमा घोडाबाट लडेर उनको मृत्यु भएको बताइएको छ ।
उनी अभिनित फिल्म क्याराभान ओस्कारसम्म पुगेको थियो । ७२ वर्षीय थिन्ले चढेको घोडालाई खच्चरले धकेलेपछि उनी भीरबाट खसेको स्थानीयले बताएका छन् । भीरबाट खसेको केहीबेरपछि उनको मृत्यु भएको डोल्पाका प्रहरी नायव उपरीक्षक ध्रुवराज राउतले बताए । थिन्लेको शव ल्याउन आइतबार ढिलो भएकाले हेलिकोप्टर मगाउन नसकिएकाले सोमबार मात्रै त्यहाँबाट हिँडाउने बुझिएको छ ।
प्रतिक्रिया