नयाँ प्रस्तुतिको साथ ‘हाक्का हाक्की’

haka hakkiकाठमाडौं, १२ वैशाख । काठमाडौं नेपाल टेलिभिजनबाट हरेक हप्ता प्रसारण हुने हास्यब्यंग टेलीचलचित्र हाक्काहाक्की अब हरेक आइतबार राती ८ः५० बजे नयाँ प्रस्तुतिको साथमा आउने भएको छ । हरेक शनिबार बेलुकी ८ः५० मा प्रसारण भइरहेको चर्चित हास्यब्यंग टेलिचलचित्र हाक्काहाक्की यो हप्ताबाट प्रत्येक आइतबार सारिएको हो ।

मिडिया हबको प्रस्तुति रहेको हास्यब्यंग टेलिचलचित्र हाक्काहाक्की अब आउने हप्तादेखि नयाँ कथा तथा प्रस्तुतिकासाथ दर्शकमाझ आउने भएको निर्माण पक्षले जनाएको छ । प्राविधिक कारणले गर्दा हरेक शनिबार प्रसारण भइरहेको हास्यब्यंग टेलिचलचित्र हाक्काहाक्की अब आउँदो हप्ताबाट हरेक आइतबार साझ ८ः५० मा आउने भएको छ र अब आउने दिनहरूमा अझ बढी सशक्तरूपले दर्शकहरूको मागलाई ध्यान दिँदै पूर्णरूपमा नेपाली दर्शकलाई मनोरञ्जन दिनेकुरा हास्यब्यंग टेलिचलचित्र हाक्काहाक्कीका निर्देशक तथा चर्चित हास्यब्यंग कलाकार दमन रुपाखेती बताउँछन् ।

दमन रुपाखेतीद्वारा निर्देशित तथा राम थापाद्वारा निर्मित हास्य टेलिचलचित्र हाक्कीहाक्कीले समसामहिक विषयवस्तुलाई समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ । छोटो समयमा नै दर्शकको मनमुटुमा बस्न सफल चर्चित हास्य टेलिचलचित्र हाक्कीहाक्कीले अहिलेसम्म आइपुग्दा समयसापेक्ष परिवर्तन गर्दै दर्शकहरूलाई नयाँनयाँ स्वाद दिन पनि सफल भएको छ । यस हास्यब्यंग टेलिसिरियल हाक्काहाक्कीमा नेपालका चर्चित कलाकारहरूको समाबेसी रहेको छ जसमा दमन रुपाखेती, कविता शर्मा, शिव शर्मा, सुजित थापा (डेभिड), राम थापा, उमेश कुमार केसी, जनक बर्तौला, किट्टी(सिम्रन), मणिराज काफ्ले, सरस्वती खड्का थापालगायत अन्य चर्चित कलाकारहरूको भूमिका रहेको छ ।

प्रतिक्रिया