‘हाउ फन्नी’को प्रिमियर सो

how funnyकाठमाडौं, ९ वैशाख । नेपाली चलचित्रमा निकै हंगामा लिएर शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हाउ फन्नी’को काठमाडांैमा प्रिमियर सो भएको छ । काठमाडौंको कुमारी हलमा प्रिमियर गरिएको कार्यक्रममा चलचित्रकर्मी, पत्रकारदेखि विभिन्न क्षेत्रका मानिसहरूको उपस्थिति रहेको थियो ।

प्रियिमरमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, निशा अधिकारी, अनुप विक्रम शाही उपस्थित थिए । यस्तै, नायिका ऋचा शर्मा, पूजा शर्मा, कोरियोग्राफर रेनशा राई, नायक आर्यन सिग्देल, कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौला, मोडल सहाना बज्रचार्य, जेनिशा मोक्तान उपस्थित थिए ।

कार्यक्रममा पछि विशेष गरेर महिला कलाकारहरूको पहिरनको बारेमा चर्चा भएको थियो । संयोगवस प्रिमियरमा सहभागी हुन पुगेका नायिकाहरूले लगाएको पहिरनको शैली उस्तैउस्तै खालको थियो । डिजाइन केही फरक भएता पनि पहिरनको ढाँचा उस्तै देखियो ।

निलु डोमा शेर्पाले निर्देशन गरेको यो चलचित्रका मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारी भने कार्यक्रममा उपस्थित थिएनन् । दुबै जना नेपाल बाहिर छन् । कमेडी शैलीमा तयार पारिएको यो चलचित्रले २ युवतीको जासुस बन्ने सपना र त्यसका लागि उनीहरूले गरेको संघर्षलाई उठान गरेको छ ।

प्रतिक्रिया