थानकोटमा फिटनेश फस्र्ट

ftness furst copy काठमाडौं, ४ वैशाख । ‘स्वस्थ तन मानवीय धन’ भन्ने भनाइलाई पूर्णता प्रदान गर्ने उद्देश्यले थानकोटमा शारीरिक सुगठनको क्लब फिटनेश फस्र्ट स्थापना भएको छ ।

नेपाल शरीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष डिआइजिपी विजय लाल कायस्थले शनिबार एक कार्यक्रमबीच उक्त क्लबको उद्घाटन गरे । उनले नेपालमा आफ्नो तनलाई आकर्षक बनाउने र स्वस्थ रहने रहरले हालका दिनमा शारीरिक सुगठनका क्लबहरु खुल्ने गरेको भन्दै यस्ता क्लबहरुको स्थापनाले राज्यमा स्वस्थ नागरिकहरुको संख्यामा वृद्धि मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुने खेलाडीहरुको संख्यामा वृद्धि हुने बताए । उनले प्रतियोगिताहरुको आयोजनाले नागरिकहरुमा प्रतिस्पर्धाको भावनामा विकास हुनुका साथै आफ्नो तनलाई स्वस्थ बनाउनुका बाबजुद स्वास्थ्य क्षेत्रमा हुने करोडौंको लगानीलाई घटाउन मद्दत पुग्ने बताए ।

स्वस्थ नागरिक तथा शारीरिक सुगठनका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले फिटनेश फस्र्ट क्लब स्थापना गरेको र थानकोटवासीको मागको आधारमा थानकोटमा समेत क्लब स्थापना गरेको क्लबका सञ्चालक लक्ष्मण भट्टले जानकारी गराए । उनले यो तेस्रो शाखा भएको भन्दै यस अघि ढुङ्गे अड्डा र सतुङ्गगलमा शाखा खोलिएको बताए । अर्का सञ्चालक विनोद बज्राचार्यले यस क्लबले स्वस्थ नागरिक वृद्धिका साथसाथै क्लबमा आउने व्यक्ति तथा खेलाडीहरुको आप्mनो तन कस्तो भयो भनेर मापन गर्नका लागि फिटनेश फस्र्टले उनीहरुबीच प्रतिस्पर्धा पनि गर्दै आएको बताए । करिब ५२ लाखको लागतमा लक्ष्मण, विनोदका साथै निरेन शाही र बुद्धिजंग कार्कीलगायतको चार जनाको लगानीमा थानकोटमा क्लब खोलिएको हो ।

प्रतिक्रिया