सभामुख घर्ती बेलायततर्फ प्रस्थान

;efd'v cf]g;/L 3tL{ g]kfn / j]nfotaLr bf}To ;DjGw sfod ePsf] @)) aif{ k'u]sf] cj;/df j]nfotL ;+;bsf] cf}krfl/s lgdGq0fdf ;ft ;b:;Lo g]kfnL ;+;bLo k|ltlglwd08nsf] g]t[Tj ub{} kfFr lbg] e|d0fsf nflu cfh To;tkm{ k|:yfg ug{'cl3 lqe'jg cGt//fli6«o ljdfg:yndf e|d0fsfaf/] /f;;nfO{ hfgsf/L lbg'x'Fb} . tl:a/ M gf/fo0f Gof}kfg], /f;;

काठमाडौं, ४ वैशाख । सभामुख ओनसरी घर्ती बेलायतको संसद्को निमन्त्रणमा सात सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राती त्यसतर्फ प्रस्थान गरेकी छन् ।

नेपाल र बेलायतबीच दौंत्य सम्बन्ध कायम भएको २०० वर्ष पुगेको अवसरमा बेलायती संसद्को औपचारिक निमन्त्रणामा सभामुख घर्तीबाट पाँचदिने बेलायत भ्रमण हुन लागेको हो ।

त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफ्नो भ्रमणबाट दुवै देश र दुवै देशका संसद्बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरिन् ।

बेलायतमा रहँदा उनले त्यहाँको संसदीय अभ्यासका बारेमा जानकारी लिनुका साथै तल्लो र माथिल्लो सदनका आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने छिन् ।

एक प्रश्नको जवाफमा सभामुख घर्तीले भनिन्, ‘संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था रहेको तथा त्यसअघि पूर्व बजेट छलफल हुने परम्परा रहेकाले आफू स्वदेश फर्केलगत्तै संसद्को बैठक बोलाउने गरी सरकारसँग कुराकानी भएको छ ।’

सांसदले गरेको विदेश भ्रमण संसद्कै कामको सिलसिलामा भएको बताउँदै उनले त्यस्ता भ्रमणले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको कानुन तथा अरु ऐन नियमलाई गुणस्तरीय र प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रतिनिधिमण्डलमा कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दीलनाथ गिरी रहेका छन् । टोलीमा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्दप्रसाद शर्मा रहेका छन् ।

प्रतिक्रिया