भक्तपुरको बिस्केट जात्रा सुरु

eQmk'/sf] wfld{s Pjd P]ltxfl;s dxTjsf] la:s]6 hfqfsf] klxnf] lbg zlgaf/ 6f}d9Ll:yt kfFrtNn] dlGb/ k|fË0faf6 e}/jgfysf] /y tfgftfg ub}{ ;'? . tl:a/ M nIdL uf?, /f;;, eQmk'/

भक्तपुर, २७ चैत । भक्तपुरको पहिचान बनेको बिस्केट जात्रा शनिबारदेखि सुरु भएको छ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको बिस्केट जात्राको अवसरमा जिल्ला प्रशासन कार्यालयले एक ¥याली आयोजना गरेर जात्रालाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ ।

सदभाव ¥यालीको समापनमा बोल्दै भूमिसुधार सहायक मन्त्री दिनेश श्रेष्ठले भक्तपुरमा सुरु हुने बिस्केट जात्रा शान्तिपूर्ण एवं हिंसामुक्त रुपमा मनाउनुपर्ने बताए । ¥यालीको समापनका क्रममा बोल्दै विश्वमै भक्तपुरको पहिचान बनेको बिस्केट जात्रालाई शान्तिपूर्ण बनाउनुपर्ने बनाउन सके अझै राम्रो सन्देश प्रवाह हुन सक्ने उनको भनाइ रहेको थियो ।

बिस्केट जात्रालाई शान्तिपूर्ण बनाउन स्थानीयवासीकै सहयोग आवश्यक भएको औँल्याउदै शनिबार साँझ तानिने भैरवको रथलाई जबर्जस्ती भूकम्प प्रभावित क्षेत्रमा लैजान नहुने धारणा राखेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी ध्रुव कोइराला, प्रहरी उपरीक्षक किरण बज्राचार्यलगायतले जात्रालाई शान्तिपूर्ण बनाउन सबैलाई आह्वान गरेका छन् । भक्तपुरको पाँचतले मन्दिर प्रांगणबाट सुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरी पुनः पाँचतले मन्दिर क्षेत्रमै आएर समापन भएको थियो । ¥यालीमा सरकारी कार्यालयका कर्मचारी, प्रहरी, राजनीतिक दल, नागरिक समाज, विभिन्न क्लबका प्रतिनिधि, सञ्चारकर्मी र विभिन्न संघसंस्थाको सहभागिता थियो । जात्रालाई शान्तिपूर्ण रुपमा मनाऔँ, ढुंगा हान्ने र झगडा गर्ने कार्य त्यागौँ भन्ने सन्देश दिँदै जनचेतना जगाउन विभिन्न प्रकारका बाजागाजाका साथ शान्ति ¥यालीको आयोजना गरिएको हो ।

शनिबार बिहानै गणेश कर्माचार्यबाट भैरवनाथको पूजा गरी बिहान ८ बजेसम्म टोलटोलमा पूजा गरियो । दिनभर विभिन्न चरणको पूजा सकेर दिउँसो भैरव र भद्रकाली देवतालाई आआफ्नो रथमा विराजमान गराएपछि भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमांगराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा र स्थानीयको पूजा सकेर रथ तान्न सुरु गरिन्छ ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् । बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तानेर जात्रा मनाउने गरिन्छ । जात्रा अवधिभर प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जात्राका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोसाकका प्रहरी गरी दुई हजार प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताउनुभयो । रथ तान्ने क्रममा झडप हुने, ढुङ्गा हानाहान हुने भएकाले यस्तो हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको र चोकचोकमा सिसी क्यामरासमेत जडान गरिएको छ ।

विक्रम संवत्अनुसार सौरमासको आधारमा लिच्छवीकालभन्दा अघिदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ । भूकम्पले रथ तान्ने रुटका घरमा टेको लगाइएकाले दुर्घटना नहोस् भनेर यसवर्ष रथ चलाउने रुट छोट्याइएको छ ।

प्रतिक्रिया