अर्जुन र दुर्गाको ‘युग’ विमोचित

yugकाठमाडौं, २६ चैत । गायिका दुर्गा खरेलको एकल स्वरको गीति एल्बम ‘युग’ बिहीबार काठमाडौंमा लोकार्पण गरिएको छ । अर्जुन पोखरेलको एकल संगीतमा रहेको उक्त एल्बमको संयुक्तरूपमा विमोचन भएको छ ।

सञ्चारकर्मी भरत शाक्य, राजेश खनाल, सामिप्यराज तिमिल्सिना, संगीतकार राम सिटौला, संगीतकार पोखरेल तथा गायिका खरेलले संयुक्त रूपमा उक्त एल्बम लोकार्पण गरेका हुन् । विमोचित एल्बममा संगीतकार खरेल तथा अमृत रेग्मीको शब्द रहेको छ ।

एल्बममा ‘त्यो काले काले केटाले’, ‘के सुनाउ भन साथी’, ‘बरु यो ज्यानको बाजी’, ‘तिमीले त अर्कै मन परायौ’ तथा ‘बाँकी जीवन जीउँछु’ बोलका ५ गीत समाविष्ट छन्। समारोहमा एल्बमको ‘त्यो काले काले केटाले…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । संगीतकार पोखरेलकै शब्दको यो गीतको भिडियोलाई सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोमा नायिकाहरू नम्रता सापकोटा, रीमा विश्वकर्ममा तथा एनी कुँवरको साथमा मोडल सुशान्त सिंह ठकुरीले आकर्षक नृत्य तथा अभिनय गरेका छन् ।

प्रतिक्रिया