आठ वर्षपछि साधारणसभा

shaja photo copyकाठमाडौं, २५ चैत । ‘एक शताब्दी पार गरेको साझा प्रकाशनले लेखकलाई ठगेको छैन, तर साझामा के दुर्दसा प¥यो, यो किन टाट पल्टियो ?” आठ वर्षपछि पहिलो पटक साधारण सभा भइरहँदा प्रकाशनको पुल्चोकस्थित परिसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले गरेको प्रश्न हो यो ।

राष्ट्र कवि घिमिरेले जीवनको पहिलो जागिर नै सो प्रकाशनबाट प्रारम्भ गर्नुभएको थियो । राष्ट्रकवि घिमिरे मात्र होइन उहाँजस्ता मुर्धन्य र वरिष्ठ स्रष्टाको भावना जोडिएको सो संस्था अहिले इतिहासकै गम्भीर मोडमा उभिएको छ । साझाको २३ औ साधारण सभाको उद्घाटन गर्दै भनेका हुन राष्ट्रकवि घिमिरेले ।

यति वेला करिव ४० करोड घाटाको बोकेर संस्था बचाउका लागि गुहार मागिरहेको छ साझा । संस्था बचाउ अभियानमा लागेकाहरु साझालाइ यो अवस्थामा ल्याउने पक्षको खोजी गरिरहेका छन् । २३ औं साधारण सभामा सहभागी अंशियारका विभिन्न प्रतिक्रिया सुनेपछि संस्कृतिविद् सत्यमोहन जोशी र वरिष्ठ साहित्यकार वैरागी काइँलालाई साक्षी राख्दै घिमिरेले साझाको स्तरीयता खस्केको, यसको पाठ्यपुस्तक वितरणको मुख्य काम खोसिएको र बचाउनका लागि सरकारले सहयोग नगरेकामा चिन्ता व्यक्त गरे ।

संस्थाका केहि सदस्यले साझाको भौतिक सम्पति बेचेर भएपनि संस्था बचाउनुपर्ने र कर्मचारीको आठ महिनाको बक्यौता तलव दिनुपर्ने सुझाव दिएका थिए । तर, राष्ट्र कवि घिमिरेले त्यसको प्रतिवाद गर्दै भने – “सम्पति खाएर जानेहरुले संस्था चलाउन सक्दैन, केही व्यक्तिको स्वार्थका कारण संस्था यो अवस्थामा पुगे भन्दै उनले थपे । वर्तमान व्यवस्थापनले निश्चित कार्यदिशाका साथ अघि बढ्नुपर्छ । शिक्षा र भाषाका संस्थालार्ई राज्यले बचाउनुपर्छ ।”

आर्थिक सङ्कट व्यहोरिरहेको प्रकाशनले आफनो व्यावसायिक क्षमता बढाउँदै पछिल्लो समयमा सबै विक्री केन्द्र र प्रेस सञ्चालनमा ल्याएपनि पुस्तक विक्रीका भरमा तलव खुवाउन सकेको छैन । सरकारसँग सहुलियत ऋण पाउन प्रधानमन्त्री, अर्थमन्त्री र शिक्षामन्त्री लगाएत जिम्मेवार निकायमा अनुनय गर्दा पनि कुनै सहयोग नपाएको कर्मचारिको गुनासो छ ।

साझा (स्वतः मरण) को अवस्थामा पुग्ने खतरा व्यवस्थापकले औल्याएपछि सदस्यहरुले त्यसको विकल्प खोजेर संस्था उठाउन दबाब दिएका थिए । साझामो २३ औ साधारण सभामा आएका कवि लेखकले भने । पहिला पहिला साझामा पुस्तक छाप्नु गौरवको विषय बन्थ्यो । अहिले व्यत्तिगत सम्पर्कका कारण प्रकाशनको क्रम चलेको र स्तर खस्केको गुनासो गरेका थिए ।

साझा ओरालो लाग्नुमा राजनीतिक हस्तक्षेप र भागवन्डा, सरकारी पाठ्यपुस्तक वितरण निजी क्षेत्रलाई दिइनु समस्याको मख्य कारण रहेको सभाले ठहर गरेको छ । लेखकहरु खगेन्द्रप्रसाद लुइँटेल, डा बमबहहादुर थापा ‘जिताली’, कृष्णप्रसाद घिमिरे, रामदेव पाण्डे, नरेन्द्रबहादुर श्रेष्ठ, तुल्सी न्यौपाने, प्रतिक ढकाल, आरसी न्यौपाने लगाएतले संस्था सुधारका लागि सुझाव दिएका थिए । कार्यक्रममा पूर्व मन्त्री प्रदिप नेपाल, दिनानाथ शार्मा, आर के मैनाली, प्रज्ञा प्रतिष्ठानमा कुलपति गंगा प्रसाल उप्रेती लगाएतको उपस्थित थियो ।

साधारण सभामा उपस्थि अशिंयाहरुले एकै स्वरमा भनेका थिए । हामीलाइ विगतमा भएको आर्थिक अनियमितता र आठवर्षसम्मको लेखा परीक्षण प्रतिवेदन देखाउनु प¥यो । सस्था यहाँ सम्म आउनुको कारण जान्ने अधिकार आफूहरुले पाउनु पर्ने उनिहरुको जोड थियो ।

कार्यक्रममा प्रकाशनका अध्यक्ष महाप्रन्धक डोलिन्द्रप्रसाद शर्माले सडकमा पगेको संस्थालाई आफूहरुले उपचार गरिरहेको भन्दै संस्था डुबेको नभई डुबाइएको दाबी गर्नुभयो । साथै शर्माले छ महिनाभित्र विशेष साधारणसभा गरी यसबीचको लेखा परीक्षण र अनियमितता छानविनको प्रतिवेदन सार्वाजनिक गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

संस्थामा रिक्त अंशियारतर्फका तिन सञ्चालक सदस्य पदका लाििग आज निर्वाचन भएको छ । निर्वाचनमा डा विजय सुब्बा, जीवनचन्द्र कोइराला, हरिहर खनाल र मनोहर लामिछाने उम्मेदार छन् । साझामा हाल कुल १५५४ मददाता छन् । यो आठ वर्ष पछि भएको साधारण सभा हो ।

प्रतिक्रिया