कलाकारले विद्यालय भवन हस्तान्तरण गरे

schoolकाठमाडौं, २० चैत । काभ्रे जिल्लाको पोखरी चौँरी गाविसमा बनाएको विद्यालय भवन बनाएका युवा कलाकर्मीहरूको समूह ‘हामी सबैका लागि’ (वि फर अल) ले सो भवन विद्यालयलाई हस्तान्तरण गरेका छन् । उनीहरूले त्यहाँ निर्माण गरेका छुट्टाछुट्टै ३ विद्यालय भवन हस्तान्तरण गरेका हुन् ।

गएको १२ वैशाखको भुइँचालोका कारण क्षति पुगेका बालहित प्रावि, महादेव प्रावि र सारेपोखरी प्राविको अस्थायी भवन कलाकर्मीको टोलीले सोही ठाउँमा पुगेर हस्तान्तरण गरेको हो । हस्तान्तरणका लागि ‘हामी सबैका लागि’का कलाकर्मीहरू निर्देशक सुरेश दर्पण पोखरेल, छायाँकार राजन काफ्ले, अभिनेत्रीद्वय नन्दिता के.सी र सुमिना श्रेष्ठ, अभिनेता यशराज गराच तथा ‘बलेवा सेवा समाज, जापान’ का अध्यक्ष दीपेन्द्र केसी र व्यवसायी सुशील पोखरेल काभ्रेको पोखरी चौँरी पुगेका थिए ।

विद्यालय भवन निर्माणका लागि ‘वि फर अल’ लाई बलेवा सेवा समाज जापान, अभिनेत्री जल शाह र साहित्यकार प्रेमा शाह (अमेरिका), धर्म अधिकारी (अस्ट्रेलिया), सुवास महत (अस्ट्रेलिया), अभिनेत्री सुमिना श्रेष्ठ र उद्यमी सुशील पोखरेलले आर्थिक सहयोग उपलब्ध गराएका थिए । समूहले विद्यालय हस्तान्तरणसँगै ३ वटै विद्यालयमा शैक्षिक सामग्री पनि वितरण गरेको थियो ।

प्रतिक्रिया