१९औँ एकल साँझमा रमाउँदै गुरुदेव

gurudev kamad copyकाठमाडौं, २० चैत । नेपालमा २ दशकदेखि निरन्तर शास्त्रीय संगीतको साथै अन्य संगीत सिकाइरहेका गुरुकूल संगीत पाठशालाका गुरु गुरुदेव कामदको एकल साँझ सम्पन्न भएको छ । काठमाडांैै जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘१९औँ गुरदेव कामद एकलसाँझ’ को नेपालका लागि भारतीय राजदूत रन्जित रेले गरेका छन् ।

पानसमा दीप प्रज्वलन गर्दै एकलसाँझको उद्घाटन् गरेका राजदूत रेले नेपाल र भारतबीचको सम्बन्धमा पूर्वीय संगीतको समेत महत्वपूर्ण हात रहेको बताएका छन् । उनले आपूmले नेपालमा रहेको संगीतको समेत उत्तिकै सम्मान गर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग रहने विश्वास दिलाएका थिए । उद्घाटनपछि कामदले आफ्नो प्रस्तुति शास्त्रीय संगीतबाट सुरु गरेका थिए । सुरुमा कलावती राग प्रस्तुत गरेर उनले आफ्नो गायन प्रारम्भ भएको जनाएका थिए ।

नेपाली संगीत तथा पूर्वीय संगीतको सबैभन्दा महत्वपूर्ण गुरुमन्त्रका रूपमा रहेको ‘सा रे ग म प ध नी सा’ को महत्व दर्शाउन तथा स्वरलाई निरन्तर साधना दिन यी रागले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले यो राग प्रस्तुत गरेका थिए । आफ्ना केही शिष्यहरूको साथ मञ्चमा उत्रेका उनले शास्त्रीय वाजा तवला, हार्मोनियय, सितारा, तान्पुरीया जस्ता बाजाका साथ राग सुनाएका हुन् ।

यसको लगतै सांगीतिक साँझलाई रमाइलो बनाउने भन्दै उनले नेपाली, हिन्दी, मैथली, तथा उर्दूभाषाका १ दर्जन बढी गजलहरू समेत सुनाएका छन् । सबै दर्शको वाहवाही पाएका उनले आफ्नो एकल साँझ १९औँ पटक भएको स्मरण गर्दै आगामी दिनमा समेत निरन्तरता दिने बताए । उनले भने, ‘मेरो एकल प्रस्तुतिको यो १९औँ शृंखला हो । आउने वर्ष पनि गर्नेछु सायद म बाँचुञ्जेल यसलाई निरन्तरता दिनेछु ।’

एकल साँझलाई नेपाल इन्डिया विपी कोइराला फाउन्डेसन, टोयोटा युनाइटेड प्रालि तथा लक्ष्मी चाट हावसले स्पोन्सर गरेको थियो ।

प्रतिक्रिया